पोखरा ।
अखिल नेपाल फुटबल संघ(एन्फा)ले कास्कीको माछापुच्छ«े गाउँपालिकामा टेक्निकल सेन्टर (एन्फा एकेडेमी) निर्माण गर्ने भएको छ । फुटबलको सर्वोच्च नियमनकारी निकाय फिफाको आर्थिक सहयोगमा वडा नम्बर ६ को भेडाबारी स्थित ५ सय रोपनी जग्गामा आधुनिक र सुविधासम्पन्न फुटबल एकेडेमी निर्माणको तयारी गरिएको हो ।
एन्फाले एकेडेमी निर्माणका लागि आवश्यक सम्पूर्ण कागजी प्रक्रिया पूरा गरेर बोलपत्र आह्वानको तयारीमा जुटेको जनाएको छ । एकेडेमीलाई एन्फाले फुटबलको ‘ड्रिम प्रोजेक्ट’का रूपमा लिएको छ ।
पोखराबाट १४ किमी दूरीमा अवस्थित भेडाबारीमा सडक पूर्वाधारको पहुँच र माछापुच्छ«े तथा अन्नपूर्ण हिमशृङ्खला समेतको दृश्यावलोकन गर्न सकिने भएकाले एकेडेमी निर्माणका लागि त्यो ठाउँ छनोट गरी दुई वर्षअघि देखि प्रक्रिया शुरु भएको थियो ।
एकेडेमी निर्माणका लागि एन्फा कार्य समितिले पहिलो चरणमा १७ करोड बजेट उपलब्ध गराउने निर्णय गरिसकेको एन्फा केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर थापाले बताए । परियोजनामा ८० देखि ९० करोडसम्म लगानी हुने बताईएको छ ।
एन्फाले प्रस्ताव गरेको बहुउद्देश्यीय परियोजनामा ५ सय देखि १ हजार दर्शक क्षमताको प्यारापिट तयार गरिनेछ भने फुटबल मैदान, दुई फुटसल मैदान, दुई अभ्यास मैदान, एक मुख्य मैदानसहित छात्रवास, प्रशासन भवन, चमेनागृह, पाहुना ब्लक, जिम, मेडिकल तथा पुनस्र्थापना केन्द्र, आर्टिफिसियल मिनी पिच, बीच फुटबल मैदानलगायत संरचना बनाउने योजना छ ।
स्वदेशी तथा विदेशी क्लबका खेलाडीको अभ्यासस्थलका रूपमा त्यसलाई अघि बढाउने योजना रहेको एन्फाले जनाएको छ । एकेडेमीको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर), जमीन नाप जाँच लगायतका कार्य सम्पन्न भएर निर्माणका लागि बोलपत्र आह्वानको तयारी भए पनि त्यसअघि प्रस्तावित ठाउँको दुबैतर्फ नदी तटबन्धनको कार्य गर्न एन्फाले प्रदेश सरकारलाई आग्रह गरेको माछापुच्छ«े गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले बताए । गाउँपालिका अध्यक्ष गुरुङले परियोजना माछापुच्छ«ेको मात्र नभएर गण्डकी प्रदेश तथा समग्र देशको फुटबलको श्रीवृद्धिका लागि महत्वपूर्ण हुने बताए ।
मुुख्यमन्त्री गुरुङले शुक्रबार एन्फा टेक्निकल सेन्टरका लागि प्रस्तावित जमिनको निरीक्षण गर्र्दै परियोजना शुरुआत गर्नुअघि मर्दी र इदी खोलाले कटान गरेको जमीन संरक्षणका लागि प्रदेश सरकारले काम अघि बढाउने प्रतिबद्धता जनाए । ‘नदी कटानको जोखिमलाई देखाएर यो परियोजना अन्यत्र जान्छ कि भन्ने आशंका छ । प्रदेश सरकारले नदि कटान नियन्त्रणमा सघाउँछ,’ उनले भने, ‘पोखरा नजिकको यो ठाउँमा टेक्निकल सेन्टर बनाउन सरकार प्रतिबद्ध छ ।’ रासस
Related News
सम्बन्धित समाचार
प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
स्कुल टिकाउन विद्यार्थी वन्धक !
नेपालकै ठूलो धनराशिको फुटसल
नाइकेको विषयमा कारागार भित्रै झडप
hero news full width
मुख्य समाचार
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७दमाैलीमा माेटरसाइकल दुर्घटना, २२ वर्षे युवाकाे मृत्यु
फागुन १६, २०७७प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
फागुन १६, २०७७देश्ना स्मृति कप भेट्रान्सको उपाधि ब्रदरवुडलाई
फागुन १६, २०७७