महंगी नियन्त्रण गर्न कांग्रेसको माग

आदर्श समाज सम्वाददाता
कार्तिक १, २०७७

पोखरा ।
चाडपर्वमा हुने महंगी नियन्त्रणका लागि नेपाली कांग्रेस कास्कीले सरकारको ध्यानाकर्षण गराएको छ । हरेक बर्ष चाडबाडमा कालोबजारी बढ्ने र उपभोक्ताले महंगो मुल्य तिरेर सामान खरिद गर्नुपरेको भन्दै कांग्रेसले तत्काल अनुगमन र कारबाहीको माग गरेको हो ।
शनिबार कांग्रेस कास्कीका सभापति कृष्ण केसीले विज्ञप्ती जारी गरि चाडपर्वको समयमा मनोमानी सृजना गरिएको महंगी नियन्त्रणको ध्यानाकर्षण गराए । सरकार कोरोना नियन्त्रणमा पूर्ण असफल रहेको उनको आरोप छ । नेपालीको आर्थिक अवस्था दयनीय भैरहेको अवस्थामा जनप्रतिनिधिलाई दशैं भत्ता सुविधा दिनु निन्दनिय भएको केसीले बताए ।
‘जनताको दैनिकी नचल्ने अवस्था भैसक्यो । जनप्रतिनिधिलाई दशैं भत्ता राम्रो होईन,’ उनले भने, ‘कोरोना नियन्त्रण गर्न सरकार असफल भयो । महंगी बढिरहेको छ । अनुगमन र कारबाही होस् ।’
कांग्रेसले दशैं, तिहार, नेपाल सम्बत सहित ल्होा र इदको शुभकामना दिएको छ । कोरोनाकै बीचमा स्वास्थ्य सुरक्षा अपनाउदै सालिन रुपमा दशैं मनाउन केसीको आग्रह छ ।

Related News

सम्बन्धित समाचार

hero news full width