छाब्दी मन्दिर पुनः बन्द

आदर्श समाज सम्वाददाता
कार्तिक १, २०७७
Chhabdi_Fotor

तनहुँ, १ कार्तिक । धार्मिक र पर्यटकीय स्थलको रुपमा परिचित व्यास १४ मा रहेको छाब्दी मन्दिर बन्द गरिएको छ । सामुदाय स्तरमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेसँगै उक्त मन्दिर बन्द गरिएको हो ।

गत चैत ११ गतेदेखि बन्द रहेको छाब्दी मन्दिर केही महिना अघि खुलेको थियो । भौतिक दूरी कायम गरेर पूजा आराधना एवं दर्शन गर्न दिएकोमा भक्तजनको भीडका कारण सङ्क्रमण बढ्ने जोखिम देखिएकाले आईतबार देखि बन्द गरिने भएको छाब्दी मन्दिर विकास कोषका सल्लाहाकार हिमबहादुर रानाभाटले जानकारी दिए ।

कोरोनाको जोखिम नघटेसम्म मन्दिर नखोलिने जनाइएको छ । पछिल्लो समय तनहँुमा पुनः सङ्क्रमण बढ्न थालेको र मन्दिरमा पनि भक्तजनको भीड बढ्न थालेपछि बन्द गर्न बाध्य हुनुपरेको मन्दिर विकास कोष समितिले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width