पोखरा, १ कार्तिक । गोल्डेन बचत तथा ऋण सहकारी संस्था पोखरा–८ को ११ औं वार्षिक साधरणसभा शनिबार सम्पन्न भयो ।
सभाको पोखरा–८ का वडा अध्यक्ष रुद्रनाथ बरालले उद्घाटन गरेका थिए ।
त्यस अवसरमा प्रमुख अतिथि बरालले विपद्का अवस्थामा पनि संस्थाले आफ्नो कार्यक्रमको निरन्तरता दिएकोमा खुसी व्यक्त गरे ।
साथै उनले लघु वित्त तथा विकास बैंकमा आएको मर्जर अभियान सहकारीमा पनि चलाउनु पर्नेमा जोड दिँदै एक व्यक्ति एक सहकारी नीतिलाई कडाई साथ लागू गर्नुपर्ने बताए ।
संस्थाका अध्यक्ष बालकृष्ण बरालको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार दुर्गा कुमारी आचार्य र संस्थापक अध्यक्ष गुडाखर सापकोटाले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा उपाध्यक्ष गोपालबहादुर गुरुङले स्वागत तथा शिक्षा उपसमितिका संयोजक राजेशकुमार घिमिरेले सहकारीका सात सिद्धान्त बाचन गरेका थिए ।
सभामा अध्यक्ष बालकृष्ण बरालले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष विना गुरुङबाट आर्थिक प्रतिवेदन प्रस्तुत भएको थियो ।
कार्यक्रमको सञ्चालन सचिव कृष्णप्रसाद पोखरेलले गरेका थिए ।
वि.सं. २०६६ मंसिर २२ देखि सञ्चालनमा आएको गोल्डेन बचत तथा ऋण सहकारी संस्थाका १४ सय ४३ सदस्य छन् । ७ करोड ५० लाख रुपैंया शेयर रकम रहेको यो संस्थाको बचत संकलन ३८ करोड ५० लाख रुपैँया पुगेको छ । आ.व. २०७६/७७ मा संस्थाले १ करोड ४ लाख बढी सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ ।
Related News
सम्बन्धित समाचार
बिजुली नहुँदा मालिका अन्धकार
पोउवा संघ टोलीलाई औद्यागिक क्षेत्रमा स्वागत
कृषि विकास बैंकको वार्षिकोत्सव
युवा उद्यमी मञ्चको सहयोग
गण्डकीमा सुरु भयो व्यवसाय जीवन रक्षा कोष, पर्यटन व्यवसायीद्वारा स्वागत
hero news full width
मुख्य समाचार
पाेखराका हाेटेलमा जाेखिमपूर्ण काम गर्ने ६ बालबालिकाको उद्धार
प्रतिनिधिसभा विघटन संविधानसम्मत कि गैरसंवैधानिक ?
माघ १०, २०७७स्वास्थ्य शिक्षाको शुल्क घटाउन निर्देशन
माघ १०, २०७७मलेशियाबाट १८ नेपालीको शव ल्याइयो
माघ १०, २०७७“हराउँदै गएका गीत नृत्यसँगै कला संस्कृति युवा पिँढीलाई हेर्न र सिक्ने अवसर”
माघ १०, २०७७इजलास छैन श्रीमानलाई
माघ १०, २०७७