घान्दु्रकका होटल बन्द

आदर्श समाज सम्वाददाता
कार्तिक १, २०७७
ghandruk

फाइल तस्बिर

पोखरा । कोरोना संक्रमणको चुनौति आँकलन गर्दै कास्की स्थित पर्यटकीय गाउँ घान्द्रुकका होटल रेष्टुरेण्ट विहिबारदेखि बन्द गरिएका छन् । चाडबाडमा पर्यटकहरु आउने र त्यसबाट कोरोना जोखिम बढ्ने भन्दै पर्यटन विकास समिति घान्द्रुकले अनिश्चितकालका लागि होटल रेष्टुरेण्ट नखोल्ने निर्णय गरेको हो । ‘हामी त मास्क लगाएर सेवा दिउँला । तर गाउँमा केहि भैहाल्यो भने आपत पर्छ । हामी जोगियौं भने ब्यवसाय गर्दै गरौंला भनेर अनिश्चितकालसम्म सबै बन्द हुन्छ,’ पर्यटन ब्यवस्थापन समिति घान्द्रुकका अध्यक्ष किसम गुरुङले भने, ‘छोम्रोङ, बेसक्याम्प, टाढापानीका होटल अव खुल्दैनन् ।’ त्यस क्षेत्रमा १ सय भन्दा बढी होटल रेष्टुरेण्टहरु छन् ।

घान्द्रुक जान निस्किएका पर्यटकलाई घान्द्रुकको सीमाना स्याउली बजारबाटै फर्काईएको छ । ‘घान्द्रुककै मान्छे बाहिर गएर आए भने घरमै बस्नुस भनेका छौं । गैर घान्द्रुकका भए भने विचल्ली हुन्छ,’ उनले थपे, ‘यहाँ चिया पनि नदिने निर्णय भएको छ । पर्यटकको विचल्ली होला भनेर बाटैबाट फर्काइदिएका छौं ।’ करोडौं लगानी भएपनि गाउँका लागि त्याग गरेको उनले सुनाए । गुरुङका अनुसार दशैं तिहारमा पनि होटलहरु खुल्दैनन् ।

Related News

सम्बन्धित समाचार

hero news full width