फाइल फाेटाे
पोखरा, २८ असोज । गण्डकी प्रदेश सरकार र मातहतका कार्यालयविरुद्ध विभिन्न तहका अदालतमा चालु आवमा २७ मुद्दा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका ११ गरी आव २०७६÷७७ मा ३८ मुद्दा रहेका छन् । तीमध्ये सात फैसला भएको मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले बताए ।
घिमिरेका अनुसार सर्वोच्च अदालतमा २४ मुद्दा रहेकामा दुई फैसला भएर अब २२ बाँकी छन् । उच्च अदालत पोखरामा ११ मुद्दा परेकामा चार किनारा लागेर अब सात बाँकी छन् । उच्च अदालत पोखराको बागलुङ इजलासमा दुई मुद्दा रहेकामा एउटा किनारा लागेको छ भने कास्की जिल्ला अदालतमा एक मुद्दा बाँकी छ ।
दर्ता भएकामध्ये धेरैजसो रिट निवेदन छन् । यीमध्ये सबैभन्दा ठूलो र बढी चर्चामा आएको मुद्दा स्थानीय जनप्रतिनिधिको सेवासुविधासम्बन्धी ऐन खारेज सम्बन्धमा थियो । प्रदेश नम्बर १ बाहेक ६ प्रदेशले बनाएको सुविधासम्बन्धी कानून संविधानसम्मत नभएको भनी रिट निवेदन परेको थियो । सर्वोच्च अदालतको संवैधानिक इजलासले ६ वटै प्रदेशका सुविधासम्बन्धी कानून खारेज गरिदिइसकेको छ ।
सडक निर्माण र फराकिलो बनाउने कार्यले व्यक्तिको जग्गा मिचिएको विषयमा उच्च अदालत पोखरा र बागलुङ इजलासमा निवेदन परेकामा दुई वटै खारेज भएका छन् ।
लेकसाइडमा सञ्चालित रात्रिकालीन व्यवसायसम्बन्धी विषयमा परेको रिट निवेदनमा उच्च अदालत पोखराले मापदण्ड बनाएर व्यवस्थित गर्न निर्देशनात्मक आदेश जारी गरेको छ । यसैगरी सामुदायिक वन व्यक्तिले दर्ता गरेका विषयमा उच्च अदालत पोखराबाट दाबी नपुग्ने फैसला भएको मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकीका उपसचिव(सरकारी वकिल) दयाशङ्कर अधिकारीले बताए ।
अधिकारीका अनुसार सर्वाेच्च अदालत(दुई), उच्च अदालत पोखरा(चार) र उच्च अदालत बागुलङ इजलास(एक) फैसला भएका सात थान रिट निवेदन/मुद्दामा दुई वटामा रिट खारेज भएको, एक वटामा निर्देशनात्मक आदेश जारी भएको, दुई वटामा रिट जारी भएको, एक वटामा वादी दाबी नपुग्ने फैसला भएको र एक वटा निवेदकले मुद्दा फिर्ता लिएका छन् ।
मुख्य न्यायाधिवक्ताको कार्यालयको दायित्व प्रदेश र मातहतका कार्यालयविरुद्ध परेका मुद्दामा प्रतिरक्षाका लागि आग्रह गरिए पनि प्रमाण कागजात जुटाउन भने सहयोग नगरेको पाइएको छ । मुख्य न्यायाधिवक्ता घिमिरेले भने, ‘कुनै विकास योजनाविरुद्ध मुद्दा परेमा त्यसको प्रतिरक्षा गर्न योजनाको विस्तृत अध्ययन प्रतिवेदनलगायत औचित्य पुष्टि हुने कागजात भएमा सहज हुन्छ र जित्ने सम्भावना बढी हुन्छ । यस विषयमा मुख्यमन्त्री, मन्त्री र सरोकारवाला कार्यालयका प्रमुखहरुसँग कुराकानी भइसकेको छ, अब यो समस्या दोहोरिँदैन भन्ने लागेको छ ।’
Related News
सम्बन्धित समाचार
गण्डकीको हिउँदे अधिवेशन आह्वान
गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
स्याङ्जाली सम्पर्क सदन पोखराको ३० औं स्थापना दिवस
hero news full width
मुख्य समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
माघ १०, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१