पोखरा । आफूखुशी व्यवसायीले पानीको मूल्य बढाएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बढेको मुल्य फिर्ता लिन निर्देशन दिएको छ । व्यवसायीसँग छलफल गरेर मुल्य फिर्ता लिने सहमति भएको हो । संसदीय समितिमा पानीको मूल्यवृद्धिको विषयमा परेको उजुरीमाथि थप निर्णय नभएसम्म मूल्यवृद्धि नगर्ने सहमित भएको विभागले जनाएको छ । विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार व्यवसायीले बढेको मूल्य तत्काल फिर्ता गरी सार्वजनिक सूचना जारी गर्ने सहमति भएको हो ।
नेपाल वोटल वाटर उद्योग सघंले एकतर्फीरुपमा असोज १८ गतेदेखि जारको पानीको मूल्य बढाउन परिपत्र पठाएको थियो । उनका अनुसार सघंले गरेको परिपत्र पछि संसदीय समितिको निर्देशन अनुसार थप अध्ययन गर्ने गरी सहमति भएको हो । ‘हामी निरन्तर बजार अनुगमनाा नै हुन्छौं । तत्काल पानीको बोतल तथा जारमा गरिएको मूल्यवृद्धि फिर्ता नभए कारवाही गर्नेछौं,’ उनले भने, ‘हामीले व्यवसायीलाई नै भनेका छौं, पुरानै मूल्यमा प्रशोधित पानीको बिक्री वितरण नभए तत्काल पक्राउ गरेर कालोबजारी मुद्दा दर्ता गर्छौं ।’
बजारमा उद्योगले आफुखुशी पानी बेचेपछि मुल्यमा एकरुपता ल्याउने भन्दै भदौ १० गते काठमाडौं र काभ्रेमा पानीको नयाँ मूल्य निर्धारण गरिएको थियो । बजारमा कायम भएभन्दा बढी मूल्य तोकेपछि उपभोक्ता अधिकारकर्मी र ब्यवसायीले संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिमा उजुरी गरेका थिए ।
उपभोक्ता समितिका सभापति विमलप्रसाद श्रीवास्तव पानीको विषयमा समितिले अध्ययन गरीरहेको भन्दै नयाँ लागू भएको मूल्य तत्काल फिर्ता लिनुपर्ने बताउँछन् । चार्डपर्वको बेला बजारमा हुने कालोबजारी तथा अनुचित क्रियाकलापको अनुगमन गर्न पाँच सदस्यीय उपसमिति गठन गरिएको उनको भनाई छ ।
विभागले बोतलको पानी र जारको पानीको छुट्टाछुट्टै मूल्य निर्धारण गरेको थियो । विभागले निर्धारण गरेको नयाँ मूल्यअनुसार ६० लिटर पानी भएको जारको अधिकतम खुद्रा मूल्य ५० रुपैयाँ र एक लिटर पानी भएको बोतलको मूल्य १६ रुपैयाँ कायम गरेको थियो । नयाँ निर्धारणअनुसार व्यवसायीले १८ गतेदेखि एक जार पानीको मूल्य ५० रुपैयाँमा बिक्री गरेका थिए । १८ गतेअघिसम्म प्रतिजार २५ देखि ५० मा बिक्री गर्ने गरिएको थियो ।
पोखरामा अहिले पनि ५० देखि ७० रुपैयाँसम्म एकजार पानीको मूल्य पर्छ । बोतलको पानी २५ देखि ३५ रुपैयाँसम्म पर्छ ।
Related News
सम्बन्धित समाचार
सातौं ब्रेज मेश्रो अवार्ड परियारलाई
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
१३ औं पोखरा महोत्सवको लोकनृत्यमा १४ टिम
hero news full width
मुख्य समाचार
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
माघ ३, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१