तनहुँ, २७ असोज । तनहुँ कारागारमा रहेका कैदीबन्दीमध्ये २७ जना कैदीबन्दीले कैद सजायमा छुट पाएर घर गएका छन् । सर्वोच्च अदालतले कोभिड–१९ महामारीमा उच्च जोखिमका कैदीबन्दीको सजाय छुट दिने व्यवस्थाअनुरुप ती कैद मिनाहा गरिएको कारागार प्रशासनले जनाएको छ ।
अदालतबाट एक वर्षभन्दा कम सजाय तोकिएका कैदीबन्दीले दिनको रु ३०० का दरले कैद भुक्तानबापतको रकम तिरेर छुट पाउने व्यवस्था रहेकाले उनीहरुको कैद मिनाहा भएको तनहुँ कारागारका निमित्त जेलर नारायणप्रसाद अधिकारीले जानकारी दिए । गत चैत ११ गतेदेखि असोज २६ गते आइतबारसम्ममा २७ जनाको कैद मिनाहा भएको हो । उनले भने, ‘कानूनी व्यवसायीको सहायतामा अदालतमा निवेदन दिएपछि प्राथमिकताको आधारमा जोखिममा रहेकालाई छुट दिने कानूनी व्यवस्था रहेको छ ।’
कोभिड–१९ का कारण नेपाल सरकारले सुरक्षित हुन आह्वान गरेको बन्दाबन्दीदेखि हालसम्म ती कैदीबन्दीले छुट पाएका हुन् । कैद मिनाहामा वृद्धा, अशक्त, रोगीले प्राथमिकता पाउने नियम रहेको कारागारले जनाएको छ । यसरी छुट पाउनेमा अधिकांश सवारी ज्यान मुद्दाका रहेका छन् भने केही काठ मुद्दा, चोरी मुद्दा र लागुऔषध र ठगी मुद्दाका रहेका छन् । पच्चीस क्षमताको उक्त कारागारमा सोमबार आजसम्म कैदी १४९ र थुनुवा ६५ गरी जना कूल २१४ जना कैदीबन्दी रहेका छन् । धेरै कैदीबन्दी भएकाले ८० जनाक्षमता रहेको महिला बन्दीगृहमा पुरुष राखिएको र महिलालाई पोखरा पठाउने गरिएको कारागारले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकीको हिउँदे अधिवेशन आह्वान
गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
स्याङ्जाली सम्पर्क सदन पोखराको ३० औं स्थापना दिवस
hero news full width
मुख्य समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
माघ १०, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१