६० घर परिवारलाई पतञ्जलिको सहयोग

आदर्श समाज सम्वाददाता
असाेज २६, २०७७
Patanjali 2

वालिङ, २६ असोज । पतञ्जलिले वालिङ ११ का ६० घर परिवारलाई दैनिक उपभोग्य बस्तु उपलब्ध गराएको छ । वालिङ ११ का पेखु र जामुनेका ६० घर परिवारलाई खाद्यान्न हस्तान्तरण गर्दै वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणले नेपालीहरुको महान चाड दशैंको अवसर पारेर खाद्यान्न उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गरे ।

उनले दैनिक ज्यालादारी गरेर गुजारा चलाउने परिवारका लागि दैनिक उपभोग्य बस्तु उपलब्ध गराउँदा राहत मिल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले पतञ्जलिले यस ठाउँलाई छनौट गरेर गरेको सहयोगप्रति खुशी ब्यक्त गर्दै आगामी दिनमा पनि सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पतञ्जलि आयूर्वेद केन्द्र प्रालि नेपालका निर्देशक डा. पवमान सुवेदीले पतञ्जलिले उपलब्ध गराएको सहयोगलाई स्वीकार गरेकोमा नगरपालिकासहित पेखुका स्थानीयहरुमा धन्यवाद व्यक्त गरे ।

पतञ्जलिले पेखुका ४४ घर र जामुनेका १६ गरी ६० घरलाई चामल, दाल, नुन, तेल, चिनी, चियापत्ति, घ्यू, दुधलगायतका दैनिक उपभोग्य बस्तु उपलब्ध गराएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width