लेखनाथ उवासंघको २४ औं साधारणसभा

आदर्श समाज सम्वाददाता
असाेज २६, २०७७
lekhnath

लेखनाथ । बघरघरमा पुगेर लेखनाथ उद्योग बाणिज्य संघको साधारसभा सम्पन्न गरिएको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै घरघरमा प्रतिवेदन पठाउने र राय संकलन गरी कार्यसमितिले २४ औं साधारणसभा पूरा गरेको हो । २०५४ सालमा स्थापना भएको संघसँग आवद्ध एक हजार तीन सय ६५ ब्यवसायी सदस्यहरु मध्ये बहुमत सदस्यहरुको प्रतिनिधित्व रहने गरि फरक शैलिबाट साधारसभा पूरा गरिएको बलराम ढकालले जानकारी दिए ।

साधारणसभाबाट सघंले आगामी आर्थिक वर्षका लागि अघि सारेको सांगठानिक तथा आर्थिक प्रतिवेदन पारित गरिएको छ । कोरना भाईरसका कारण ब्यवसायीहरुले भोग्नु परेका आर्थिक समस्याका बारेमा छलफल गरि ब्यवसाय उत्थानमा सहयोग पुग्ने खालका कार्यक्रम संचालनका लागि पहल गर्ने निर्णय गरिएको महासचिव गोपिचन्द्र बास्तोलाले बताए ।

अध्यक्ष ढकालको अध्यक्षतामा भएको कार्यक्रममा निर्वतमान अध्यक्ष कृष्णहरि भण्डारी, संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचाय ,पुर्व अध्यक्षहरु सुमन भटराई, बाबुराम गिरी, लक्ष्मी प्रसाद त्रिपाठी र बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय लगायतले अहिलेको विषम परिस्थितिमा ब्यवसायीहरुले भोग्नु परेका समस्या प्रति संघ गम्भिरता पुर्वक अगाडी बढेको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width