प्रहरीको निःशुल्क स्वास्थ्य जाँच

Avatar आदर्श समाज सम्वाददाता
असाेज २५, २०७७
nelambu nepal progrem photo

हेमजा, २५ असोज । पोखरा ४ स्थित नेलम्बो नेपालले शनिबार जिल्ला प्रहरी कार्यालय कास्कीमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । त्यस अवसरमा कुल एक सय ३० जना प्रहरी सुरक्षाकर्मीको चेक जाँच गरी औषधी समेत वितरण गरियो।

शिविरमा गण्डकी मेडिकल कलेजमा कार्यरत डा.रोशनी वास्ताकोटी, डा.सौदा थापामगर त्यस्तै नर्सहरु रुपा पुन, अञ्जली गुरुङ लगायत नेलम्बो नेपालको टिम चेकजाँचका लागि खटिएको थियो ।

कार्यक्रममा धारणा राख्दै कास्की प्रहरी प्रमुख, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले नेलम्बो नेपालले विषम् परिस्थितिमा पनि कुनै त्रास नमानी, स्वास्थ्य सावधानी अपनाएर शिविर संचालन गरेकोमा खुसी व्यक्त गरे । साथै, नेलम्बोले यस कोभिड–१९ रोगको महामारीको समयमा पटक–पटक गरेको सहयोगप्रति जिल्ला प्रहरी कार्यालय ऋणी रहेको पनि उनले बताए । आगामी दिनमा पनि नेलम्बोसँग सामाजिक कार्यहरु गर्दा सहकार्य गर्ने उनले प्रतिबद्घता जनाए ।

संस्थाका अध्यक्ष एकदेव देवकोटाले जहाँ विपति त्यहाँ नेलम्बो पुग्ने गरेको भन्दै हरेक प्रकारका महामारी तथा चुनौतीमा सुरक्षा व्यवस्थापन गर्न अग्रपंतिमा खटिने सुरक्षाकर्मीको मनोवल उच्च राख्न शिविर सञ्चालन गरिएको स्पष्ट पारे ।

प्रहरी प्रमुख श्रेष्ठको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा प्रहरी निरीक्षक कृष्णा बस्यालले स्वागत तथा नेलम्बो नेपालका जनसम्पर्क सुपरभाईजर भीमप्रसाद भण्डारीले कार्यक्रम संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

    • खानेपानी संस्थानको ३२ औं वार्षिकोत्सव

      Avatar आदर्श समाज सम्वाददाता फागुन १५, २०७७
      पोखरा । नेपाल खानेपानी संस्थानले ३२ औं वार्षिकोत्सव अवसरमा खानेपानी संस्थान पोखरा शाखा र हेमजा शाखाले रमाइलो कार्यक्रमसहित वार्षिकोत्सव मनाएको…
    • लोककवि अलि मियाँको स्मरण

      Avatar आदर्श समाज सम्वाददाता फागुन १५, २०७७
      पोखरा । लोककवि अली मियाँको १०३ आंै जन्मजयन्ती पोखरामा शनिबार मनाइएको छ । लोककवि अली मियाँ वाङ्मय प्रतिष्ठानले आयोजना गरेको…
    • तरकारी बजारमा माछापुच्छ्रे बैंकको क्युआर सेवा

      Avatar आदर्श समाज सम्वाददाता फागुन १५, २०७७
      पोखरा । माछापुच्छ्रे बैंकले पोखराका विभिन्न स्थानमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ । देशका हरेक वर्ग र तहका ग्राहकमाझ डिजिटल…
    • सुरेश बडालको ‘रहर’ लोकार्पण

      Avatar आदर्श समाज सम्वाददाता फागुन १५, २०७७
      काठमाडौं । लेखक सुरेश बडालको नयाँ कृति ‘रहर’ लोकार्पण गरिएको छ । काठमाडौंको प्रज्ञा–प्रतिष्ठानमा शनिबार आयोजित एक विशेष समारोहमार्फत पुस्तक…
    • टाइगर कपबाट १९ लाख बचत

      Avatar आदर्श समाज सम्वाददाता फागुन १५, २०७७
      पोखरा ।  टाइगर ग्रुप पोखराको आयोजनामा भएको प्रथम टाइगर कप भलिबल प्रतियोगिताबाट १९ लाख बचत भएको छ । पोखरा रंगशालामा…

    hero news full width

    sanil ads

    wordlink ads