तनहुँ, २५ असोज । विहानको झिसमिसे उज्यालो सँगै ६८ वर्षीया नन्नकुमारी दवाडीको निद्रा खुल्छ । अनि आफनो नित्यकर्म गरेर घर नजिकको जंगलमा सालको पात टिप्न जान्छिन् ।
ऋषिङ १ झापूटारबाट उनी सालको पातको मुठा लिएर दमौली बजारमा बेच्न आउँछीन् । चाउरी परेको अनुहार, सेताम्मे कपाल भएकी नन्नकुमारीले बुढ्यौली महसुस गर्न पाएकै छैनन् ।
घरमै बसेर परिवारका सदस्यले दिएको मीठो मसिनो खाने उमेर भइसक्यो तर काम नगरी चित्तै बुझ्दैन उनलाई । विहानै उठ्यो जंगल गयो, सालका पात टिपेर ल्यायो, घर–घरमै पुगेर बेच्नु उनको दैनिकी नै हो ।
नन्नकुमारीले सालको पात बेचेर नै आफ्नो जीवन गुजरा गर्ने गरेकी छन् । घरमा आफू र आफ्ना बृद्ध श्रीमान मात्र रहेका छन् । उनी भने आफ्ना लागि चाहिने खर्च जुटाउन आफै दुःख गर्दै आएकी छन् ।
पूजाआजा र अन्य प्रयोजनका लागि पनि सालको पातका टपरी बनाउने र प्रयोगमा ल्याउने पुरानै प्रचलन हो । उनले जंगलमा गएर साना–साना सालका रुखबाट पात टिपेर ल्याउछिन् अनि घरमा ल्याएर मुठा बनाउने गर्दछिन् । वर्षौदेखि झुमिसरा यही काम गर्दै आइरहेकी छन् । आफुले यो काम सुरु गर्दा पहिले ३० रुपैयाँ प्रतिमुठा बेच्ने गरे पनि अहिले प्रतिमुठा ५० देखि ६० रुपैंयामा बेच्दै आएकी छन् ।
उमेरले नेटो काटिसक्दा यो काम गर्न झमिसरालाई सहज भने छैन । चिउँडो कुमाउदै कापेको स्वरमा उनी भन्छिन्–‘के गर्ने पेट पाल्नका लागि गर्नै पर्ने रहेछ, बुढी भएँ । रुख चढ्न सक्दीन भूइँबाट टिप्न मिल्ने मात्र टिपेर ल्याउँछु जंगल जान आउन समेत धौ हुन्छ ।’
दवाडीले सकी नसकी मिहिनेत गरेर सालको पात बेचेर घरमा विहान र बेलुकी छाक टार्न पुगेको बताउँछिन् । पछिल्लो समय बजारमा आएका पलाष्टिक र कागजका थाल कचौराहरूले पटरी प्रयोग गर्नेहरूको संख्यामा कमी हुँदा उनलार्ई पनि असर गरेको छ । पहिलेको तुलनामा माग कम भएको उनको भनाई छ । उमेरले नेटो काट्दै गर्दा पनि नन्नकुमारीले गरेको मेहनतलाई सम्मान गर्नै पर्छ । ‘काइदा जाने फाइदा हुन्छ’ भनेझैँ इच्छा शक्ति भए जुनसुकै काम गरेर पनि राम्रो कमाई गर्न सकिन्छ भन्ने उदाहरण हुन नन्नकुमारी ।
Related News
सम्बन्धित समाचार
प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
स्कुल टिकाउन विद्यार्थी वन्धक !
नेपालकै ठूलो धनराशिको फुटसल
नाइकेको विषयमा कारागार भित्रै झडप
hero news full width
मुख्य समाचार
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७दमाैलीमा माेटरसाइकल दुर्घटना, २२ वर्षे युवाकाे मृत्यु
फागुन १६, २०७७प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
फागुन १६, २०७७देश्ना स्मृति कप भेट्रान्सको उपाधि ब्रदरवुडलाई
फागुन १६, २०७७