लुम्बिनी विकास बैंकको रक्तदानमा ८१ युनिट

आदर्श समाज सम्वाददाता
असाेज २५, २०७७
bloodd

पोखरा । लुम्बिनी विकास बैंकले शनिबार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ८१ युनिट रगत संकलन भएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लायन्स क्लब अफ पोखरा माछापुच्छ्रे भिलेजसँगको सहकार्यमा बैंकको महेन्द्रपुल शाखा परिसरमा रक्तदान गरिएको हो ।

बैंकका सञ्चालक, संस्थापक, कर्मचारी लगायत सुभेच्छुकले रक्तदानमा सहभागिता जनाएको शाखा प्रबन्धक बलबहादुर ढकालले जानकारी दिए ।

‘निरन्तर सहयात्रा’ नारा लिएर अगाडि बढेको बैंकले मुलुकभर ६८ शाखा र १७ एटिएमबाट २ लाख ६० हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । आधुनिक प्रविधिसहित ग्राहक वर्गमा सेवा पुर्‍याउँदै आएको बैंकको दाबी छ ।

बैंकले ग्राहकलाई निःशुल्क डेबिट/एटिएम कार्ड प्रदान गर्नुका साथै उक्त कार्डबाट नेपालभित्रका कुनै पनि भिसा नेटवर्क भएका एटिएमबाट रकम झिक्दा शुल्क नलाग्ने गरी सुविधा दिँदै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…

hero news full width