जीपले ठक्कर दिँदा पोखरामा स्कुटर चालकको मृत्यु

आदर्श समाज सम्वाददाता
असाेज २५, २०७७
accident

पोखरा, २५ असोज । भूपि शेरचन राजमार्गअन्तर्गत पोखरा–२ बागलुङ बसपार्कमा गएराति हरिचोकबाट जिरोकिमीतर्फ आउँदै गरेको ग१ज ५८९६ नम्बरको बोलेरो जीपले ग १२ प ५३१३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा कास्कीको माछापुच्छ«े गाउँपालिका वडा ७, धम्पुसकी २६ वर्षीया तारा बिकको मृत्यु भएको छ ।

दुर्घटनामा घाइतेलाई उपचारार्थ फिस्टेल अस्पताल, गैह्रापाटन लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जानकारी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालले दिए ।

जीपचालक गोरखा आरुघाटका २१ वर्षीय सुदीप विकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width