वालिङ, २५ असोज । लायन्स क्लब अफ पोखरा आदर्शचौतारीले पहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग गरेको छ ।
क्लबले असोज ८ मा वालिङ १४ तमादीस्थित माया नेपालीको घरभन्दा माथिबाट आएको पहिरोमा पुरिएर ज्यान गुमाएका परिवारका बाँकी सदस्यलाई नगद तथा खाद्यान्न सहयोग गरेको हो ।
पहिरोमा पुरिएर एकै घरका ९ जनाको ज्यान गएको र परिवारका बाँकी २ जनालाई राहतस्वरुप २५ हजार नगद तथा खाद्यान्न शनिबार तमादीमा पुगेर उपलब्ध गराएको हो ।
नगद तथा खाद्यान्न वितरण कार्यक्रममा बोल्दै वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले पहिरोलो ठूलो जनधनको क्षति गरेकोप्रति दुःख ब्यक्त गर्दै नगरपालिकाले बासस्थानको ब्यवस्थापन गर्ने बताए ।
“पहिरोबाट परिवार गुमाएका वा घर पुरिएका ब्यक्तिहरु अहिले छिमेकी तथा विद्यालयमा बस्दै आउनुभएको छ” नगर प्रमुख खाँणले भने, “उहाँहरुको घर बनाउनका लागि जग्गाको खोजी भइरहेको छ, जग्गा प्राप्त भएपछि घर बनाउने तयारी भइरहेको छ ।”
उनले पीडामा रहेको परिवारलाई मानवीय नाताले सहयोग गरेकोमा लायन्स क्लब अफ पोखरा आदर्शचौतारीलाई धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा लायन्स पोखरा आदर्शचौतारीका अध्यक्ष मोहनराज पौडेलले पीडालाई शक्तिमा बदलेर अगाडि बढ्नका लागि अनुरोध गरे । उनले पीडामा हिम्मत नहारीकन अगाडि बढ्ने मानिसहरु सफल बनेका उदाहरण प्रशस्तै रहकाले सोही अनुसार अगाडि बढ्न सुझाव दिँदै आगामी दिनमा पनि लायन्सले सक्दो सहयोग गर्दै जाने विश्वास दिलाए ।
कार्यक्रममा रिजनल चियरपर्सन बासुदेव कोइरालाले पीडित परिवारको पीडामा थोरै भएपनि मल्हम लगाउनका सकियोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताए ।
क्लब सचिव दामोदर आचार्यले उनीहरुको पीडालाई आफ्नै पीडा सम्झिएर लायन्स क्लबका सदस्यहरुद्वारा संकलन गरिएको रकम हस्तान्तरण गरिएको बताए । उनले सहयोग रकम तथा खाद्यान्न स्वीकार गरी ग्रहण गरेकोमा पीडित परिवारप्रति आभार ब्यक्त गरे ।
कार्यक्रम संयोजक सुशील कोइरालाले मानवीय सेवा नै धर्म ठानेर यहाँका पीडित परिवारलाई सहयोग गर्नुपर्छ भन्ने पवित्र भावनाले क्लबमा प्रस्ताव लगेको बताउँदै सहजै पारित गर्ने क्लबका पदाधिकारी तथा सहयोग स्वीकार गर्ने परिवारजनप्रति धन्यवाद ज्ञापन गरेका थिए ।
पहिरोमा एकै परिवारका ९ जनाको पुिरएर मृत्यु भएको थियो भने छोरी मनीषा नेपालीलाई स्थानीयले घाइते अवस्थामा उद्धार गरेका थिए ।
परिवारका अन्य सबै सदस्यको निधन भएपछि रोजगारीको शिलशिलामा भारतमा रहेका भोजराज नेपाली र घाइते मनीषा नेपाली अहिले तमादीस्थित फूलबारी आधारभूत विद्यालय जिमिरेमा बस्दै आएका छन् ।
उक्त पहिरोमा परी अन्य २ घर पनि पुरिएका छन् । पहिरोले घरहरु पूर्णरुपमा क्षति भए भने पशु चौपायाहरु पनि पुरिएर मरेका थिए ।
Related News
सम्बन्धित समाचार
मुद्रण उद्योग संघ कास्कीमा किरण
पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम
कोप्स कास्कीमा धर्मराज
पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
तालवाराही मन्दिरमा क्युआर कोडबाट भेटी
hero news full width
मुख्य समाचार
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाः ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान
पुनस्र्थापित संसदको पहिलो बैठकमै अवरोध
फागुन २४, २०७७संसद् बैठकमा सभामुखको लिखित मन्तव्य
फागुन २३, २०७७ऋषि कट्टेलकाे नेकपा वैधानिक, अोली- दाहालकाे खाेरज
फागुन २३, २०७७घुम्ने कर्मचारीलाई महिनाभरिको तलब, आधा महिना छुट्टी
फागुन २३, २०७७सहिदका छोराछोरीलाई उच्च शिक्षाको चिन्ता
फागुन २३, २०७७