कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषदको तेश्रो वार्षिक साधारण सभालाई जुम मार्फत सम्वोधन गर्दै नगरप्रमुख मानबहादुर जिसी ।
पोखरा, २५ असोज । विश्वभरिका कस्केली खोजी अभियानः समृद्ध जन्मस्थल हाम्रो स्वाभिमान भन्ने नारासहित स्थापित कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद नेपालको तेश्रो वार्षिक साधारण सभा तथा चौथो स्थापना दिवस समारोह शुक्रबार सम्पन्न भयो ।
२०७४ मा स्थापना भई विश्वका २४ देशमा संगठन निर्माण र ४४ देशमा सम्पर्क कायम गरेको यस संस्थाको जुम अनलाइन मार्फत सञ्चालित साधारण सभाको पोखरा महानगरपालिकाका नगरप्रमुख मानबहादुर जिसीले उद्घाटन गरेका थिए ।
त्यस अवसरमा प्रमुख अतिथि जिसीले कास्कीमा उद्योग व्यवसायको धेरै सम्भावनाहरु बढेको र लगानीको अवसर पनि रहेको उल्लेख गर्दै महानगर आवश्यक वातावरण बनाउन तयार भएको जानकारी दिए ।
महानगरपालिकाले खोल्न लागेको बहुआयामिक विद्यालयमा छात्रबृत्ति कोष मार्फत सघाउन पनि उनले संस्थासँग आग्रह गरे ।
संस्थाका संस्थापक तथा वर्तमान संरक्षक पूर्ण तिमिल्सिनाले कास्कीको विकास र समृद्धिका लागि लगानी बोर्डको अवधारण अघि बढेको जानकारी दिए ।
कार्यक्रममा संरक्षणहरु गोपीकृष्ण काफ्ले (क्यानडा), विश्व आदर्श पंडिण्त (अमेरिका) लगायत सल्लाहकार प्रमुख चित्र सुवेदी र नेपाल च्याप्टर संयोजक शोभाकर भण्डारीले शुभकामना मन्तव्य राखेका थिए ।
सभामा समाजका उपाध्यक्ष सीता बराल (पोर्चुगल) ले छात्रवृत्ति कोषबारे, नेपाल च्याप्टर संयोजक शोभाकर भण्डारीले नेपालमा भएका कामको बारे र महासचिव हंशराज ढकालले संस्थाले विश्वभरि गरेको संगठन र प्रगतिबारे प्रतिवेदन प्रस्तुत गरेका थिए । यसैगरी कोषाध्यक्ष गणेश पाहरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाको अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष गोविन्द पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सुन्दर पौडेलले स्वागत मन्तव्य राखेका थिए । केन्द्रीय उपाध्यक्ष तिलकशाली सापकोटाको धन्यवाद ज्ञापन रहेको सो कार्यक्रमको सञ्चालन महासचिव हंसराज ढकालले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
हिल हिमालयजद्वारा ४३ हजार किलो फोहोर व्यवस्थापन
लेखनाथ जेसिज र जुनियर जेसिजको पदस्थापन
फेवातालकाे सीमांकन : ४० वर्ष अघिकै आकारमा फर्काउने प्रयास
सामुदायिक प्रहरी जिल्ला समन्वय कास्कीमा बाेधराज कार्की
बैदाम प्रहरीमा महिला इञ्चार्ज
hero news full width
मुख्य समाचार
विश्वभरी कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो
नेपाल बार एसाेसिएसनको १५ औं सम्मेलन पोखरामा
माघ १४, २०७७तलबभत्तासहित वर्षदिनमा साढे १२ लाख रुपैयाँ सामाजिक सेवामा खर्चे सांसद विन्दु थापाले
माघ १४, २०७७पाेखराका ४ अस्पतालसहित गण्डकीका ११ वटै जिल्लामा सुरु भयाे काेराेनाविरुद्ध खाेप अभियान
माघ १४, २०७७बाढी पहिरोमा क्षति पुगेका ५९० घर पुनःनिर्माण गरिने
माघ १४, २०७७गण्डकीमा १४ खोप केन्द्र, आजबाट सबै जिल्लामा लगाइने
माघ १४, २०७७