गण्डकीमा थप ३१ संक्रमित

आदर्श समाज सम्वाददाता
असाेज २४, २०७७
covid 19 corona banner

पोखरा, २४ असोज । गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विज्ञप्तिमा कास्कीका १० जना, बागलुङका ११ जना, तनहुँका ७ जना र गोरखाका ३ जना रहेका छन् ।

कास्की जिल्ला, पोखरा–३० वर्षीय महिला ओम अस्पतालमा कार्यरत स्टाफ नर्स हुन् । तनहुँकी २३ वर्षीया महिला जी.पी. कोईराला स्वाशप्रश्वास उपचार केन्द्रमा कार्यरत स्टाफ नर्स र २९ वर्षीया महिला र २७ वर्षीय पुरुष सोहि अस्पतालका प्रशासनमा कार्यरत कर्मचारी हुन् । तनहुँकै बाँकी ३ जना भारत, कतार र साउदीबाट आएका हुन् । बाग्लुङ जिल्ला, बाग्लुङ–१ का ३८ वर्षीय पुरुष सोहि वडाको जनप्रतिनिधि हुन् भने ३५ वर्षीया महिला स्वास्थ्यकर्मी हुन् । बाग्लुङ ताराखोला–३, का ३३ वर्षीय पुरुष, जैमिनी–१० का ४२ वर्षीय पुरुष र जैमिनी–५ का ३४ वर्षीय पुरुष क्रमशः जापान, भारत र बारा जिल्लाबाट आएका हुन् ।

संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ६ सय ४८ पुगेको छ । प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width