अधिकारी परिवारमा शोक

आदर्श समाज सम्वाददाता
असाेज २४, २०७७
late bishnu maya adhikari

लेखनाथ । पोखरा १९, पुरञ्चौर निवारी अधिकारी परिवारमा मातृशोक परेको छ । शिक्षा मन्त्रालयका शिक्षा सहसचिव विष्णुप्रसाद अधिकारी, भारती भवन मावि पुरञ्चौरका विद्यालय व्यवस्थापन समिति अध्यक्ष नेत्रनाथ अधिकारी तथा समाजसेवी पिताम्बर अधिकारी र बाबुराम अधिकारीकी ममतामयी माता विष्णुमाया अधिकारीको शुक्रबार ८४ वर्षको उमेरमा निधन भएको हो ।

विसं १९९३ माघ २३ मा बुबा छविलाल पौडेल (खोरेलीथर) र माता चन्द्रकला पौडेलको कोखबाट दोश्रो सन्तानको रुपमा जन्मिएकी अधिकारीमा केही महिनादेखि मुटुको समस्या थियो । उनका पति केशवराज अधिकारीको यसअघि नै निधन भएको थियो ।

स्व. अधिकारुीको शुक्रबार नै सेतीनदी किनारको र्‍यालतरोघाटमा हिन्दू परम्परा अनुसार अन्त्येष्टि गरिएको परिवारजनले जनाएको छ ।

शवमा छोराहरु नेत्रनाथ, विष्णुप्रसाद, पिताम्बर र बाबुराम अधिकारीले संयुक्त दागवत्ती दिएका थिए ।

स्व. अधिकारीकी ४ छोरासहित २ छोरी, १० नाति, ७ नातिनी, १० पनाति र ६ पनातिनी छन् ।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width