स्कुल बस र मोटरसाइकल ठोक्किँदा २ को मृत्यु

आदर्श समाज सम्वाददाता
असाेज २४, २०७७

स्याङ्जा । भीरकोट–१ दार्सिङमा शुक्रबार दिउँसो स्कुलबस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार २ जनाको ज्यान गएको छ।

मृत्यु हुनेमा स्याङ्जाको भीरकोट ३, बानेथोक देउरलाली घर भई हाल कपिलबस्तु बस्ने ३१ वर्षीय ध्रुव भन्ने गुप्तबहादुर खत्री र भीरकोट ३, बानेथोक देउराली घर भइ वालिङ १, रामबाच्छा बस्ने ५५ वर्षीय ढालबहादुर राना छन् ।

दुर्घटनापछि घाइते दुवै जनाको कालिका सामुदायिक अस्पताल हेलुमा उपचार क्रममा सवा ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।

वालिङ्वाट हेलुतर्फ जाँदै गरेको पाइनियर हाइएर एजुकेसन एकेडेमी स्कुलको ग १ क ४३७० नम्बरले बसले विपरित दिशाबाट आइरहेको ग १३ प २८१४ को मोटरसाइकल एकापसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width