गण्डकीमा थप ११९ जनामा कोरोना संक्रमण

आदर्श समाज सम्वाददाता
असाेज २३, २०७७
corona_1

पोखरा, २३ असाेज । गण्डकी प्रदेशमा शुक्रबार थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसारमा शुक्रबार थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित कुल संक्रमित संख्या गण्डकीमा ४ हजार ६ सय १७ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले जनाए ।

शुक्रबार १६ जना निको भए । सो सहित निको हुनेको कुल संख्या ३ हजार २ सय २७ पुगेको छ । यस्तै गएको २४ घण्टामा थप १ को मृत्यु सहित मृत्यु हुनेको कुल संख्या ३८ पुगेको छ । हाल प्रदेशका ११ जिल्लामा गरी कुल १ हजार ३ सय ५२ जना सक्रिय संक्रमित रहेका छन् ।

निर्देशनालयका अनुसार कास्कीमा हाल सक्रिय संक्रमित संख्या ५ सय ५९ छन् । कुल संक्रमित १ हजार १ सय ७९ मा ६ सय ७ निको भएका हुन् । हालसम्म कास्कीमा १३ जनाको कोरोनाकै कारण ज्यान गएको छ ।

कोरोना जोखिमबीच पनि फ्रन्टलाइनमा रहेर रिपोर्टिङ गर्ने पोखराका पत्रकारमा पनि कोरोना संक्रमण देखिन थालेको छ । हालसम्म पोखरामा ४ जना पत्रकारलाई कोरोना देखिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width