वालिङ, २३ असोज । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण रोजगारी गुमाएकालाई लक्षित गरी स्याङ्जाको वालिङ नगरपालिकाले विशेष कार्यक्रम शुरु गरेको छ ।
कोभिडका कारण रोजगारी गुमाएका तथा समस्यामा परेका वालिङका नागरिकलाई लक्षित गदै विशेष कार्यक्रम शुरु गरेको वालिङ नगरपालिकाले जनाएको छ । युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना शुरु गरिएको हो ।
कोभिड–१९ का कारण समस्यामा परेका नागरिकलाई दिगो आर्थिक विकासतर्फ अभिप्रेरित गरी उनीहरुको जीवनस्तरमा परिवर्तन ल्याउने उद्देश्यले यो परियोजना शुरु गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए । ‘विशेष गरेर विभिन्न मुलुकमा रोजगारी गर्दागर्दै कोभिडका कारण स्वदेश फर्केका नागरिकलाई सहज अवस्थामा ल्याउनका लागि यो अभियानको शुरुआत गरेका हौँ’, उनले भने, ‘कोभिडकै कारण रोजगारी गुमाएका तथा पेशा व्यवसायमा हानिनोक्सानी व्यहोरेका नागरिकलाई लक्षित गरी यो अभियान सञ्चालनमा ल्याइएको हो ।’
नगरपालिकाका १४ वटै वडामा नर्सरी स्थापना गर्नुका साथै आवश्यक बीउविजन तथा उपकरण प्रदान गरिने नगर प्रमुख खाँणले बताए । अभियानअन्तर्गत उद्यमशीलता व्यवसाय प्रवर्तन केन्द्र (इविक सेन्टर) को स्थापना गर्ने, उद्यम तथा नवप्रवर्तन डेस्कमार्फत कम्तीमा ५० हजार अनुदान सहयोग गरिने छ भने वालिङ प्रोडक्ट होल्डिङ कम्पनीमार्फत बजारीकरणको ब्यवस्था मिलाइने नगर प्रमुख खाँणको भनाइ छ ।
नगरपालिकाले वालिङ नगरभित्रै रहेका वा विदेशी भूमिमा कोभिड–१९ का कारण प्रभावित बनेका कम्तीमा एक हजार जनालाई स्वरोजगार बनाउने गरी तयारी थालिएको उनले बताए । अभियान सञ्चालनका लागि वालिङ नगरपालिकामार्फत रु दुई करोड र युएनडिपी नेपालमार्फत रु एक करोड छ लाख ९४ हजार २५० बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।
वालिङ नगरपालिकामा विदेशबाट फर्केर आउनुभएका नागरिकको संख्या ठूलो भएको नगर उपप्रमुख कल्पना तिवारीले बताए । उनीहरुको मागअनुसारको सीप तथा तालीम प्रदान गरी स्वरोजगार बनाउनका लागि यस अभियानलाई प्रभावकारीरुपमा अगाडि बढाइने उनले बताए ।
कोभिड–१९ बाट प्रभावित रोजगारी गुमाएका वालिङका नागरिकमा रहेको अन्यौलतालाई चिर्दै उनीहरुको मनोभावनाअनुसार जनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने गरी कार्यक्रम पु¥याइने प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए ।
Related News
सम्बन्धित समाचार
सातौं ब्रेज मेश्रो अवार्ड परियारलाई
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
१३ औं पोखरा महोत्सवको लोकनृत्यमा १४ टिम
hero news full width
मुख्य समाचार
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
माघ ३, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१