पोखरा । प्रकृति मानवकेन्द्रित जनअभियानको पोखरा महानगरस्तरीय भेलाले श्यामलाल श्रेष्ठको अध्यक्षतामा महानगर समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा चन्द्रबहादुर अधिकारी, सचिवमा अनुपप्रकाश पौडेल, कोषाध्यक्ष सीतादेवी पुन र सहसचिव वीरेन्द्र ढकाल चयन भएका छन् ।
सदस्यहरुमा रामप्रसाद लामिछाने, इन्द्रप्रसाद तिवारी, लक्ष्मण न्यौपाने, शिवराज सुवेदी, लेखनाथ ढकाल, हरिमाया न्यौपाने, रुपा भजेल, होमनाथ न्यौपाने, विष्ण गुरुङ्ग, दानबहादुर थापा, चन्द्र पाइजा, नारायण पुन, रामदेवी पुन, माया पुर्जा, खेम थापा, वर्षा थापा र सूर्यमान श्रेष्ठ चयन भएका छन् ।
भेलाले समितिका अन्य सदस्य आवश्यकता आधारमा थप गर्दै जान सक्ने भन्दै महानगरका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गराउने समेत निर्णय गरेको छ ।
भेला अवसरमा प्रकृति मानवकेन्द्रित जनअभियानका नि. केन्द्रीय अध्यक्ष सन्तबहादुर घिसिङले वातावरण, कृषि, पर्यटन लगायतका विभिन्न विषयमाथि प्रकाश पारेका थिए । उनले रसायनिक मलखाद, विषादी तथा हाइब्रिड खेतीको विकल्पमा स्थानीय प्रजातिका पशुपालन तथा सोबाट निर्मित मल र जैविक कृषि कार्यक्रममा जोड दिन आग्रह गरेका थिए ।
संस्थाका नि. केन्द्रीय महासचिव शिव आचार्यले जनअभियानका विविध पक्षबारे जानकारी दिएका थिए । आचार्यले जनअभियानका कार्यक्रमले जनतालाई सशक्तिकरण गर्दै जनताकै नेतृत्वमा नयाँ सामाजिक प्रणालीको आधार तय हुने बता ।
जनअभियानका कास्की अध्यक्ष तिलकप्रसाद पुर्जा पुनले यो अभियान कुनै पनि बहुराष्ट्रिय कम्पनी वा संस्थासँग असम्बन्धित रहेको भन्दै पूर्ण रुपले स्वतन्त्र र स्वयमुसेवी रहेको जानकारी गराएका थिए ।
सो अवसरमा जनअभियानको काठमाडांै शाखा सदस्य जी पुन, साहित्यकार भीम रानाभाट, वेगनासका होटल व्यवसायी शिवराज सुवेदी, जैविक श्रोत संरक्षण अभियानकी प्रतीक्षा थापा, रुपाताल पुनस्र्थापना तथा मत्स्य विकास सहकारी संस्थाका रामप्रसाद लामिछाने, सुन्दरीडाँडा खानेपानी उपभोक्ता समितिका होमनाथ न्यौपाने, प्रगतिशील आमा समूहकी रामकुमारी ढकाल, सुन्दरीडाँडा भ्यूटावरका लक्ष्मण न्यौपाने, पौरखे कालिमाटी सुन्दरीडाँडा सामदायिक वन उपभोक्ता समितिका वीरेन्द्र ढकाल र वातावरण संरक्षण टोल विकास संस्थाका चन्द्रबहादर अधिकारीले पनि बोलेका थिए । पर्यावरणीय विनास, जैविक भविष्य र अमानवीयकरणको विश्वव्यापी रुपमा आवाज उठाउँदै विनाशकारी अवस्थासम्म लैजाने वर्तमान कर्पाेरेट व्यवस्थालाई प्रकृति मानव हितैषी समाज व्यवस्थामा रुपान्तरण गर्ने उद्देश्य सहित २०५९ सालमा नेपाल युनिट गठन भएको हो ।
Related News
सम्बन्धित समाचार
सामुदायिक प्रहरी जिल्ला समन्वय कास्कीमा बाेधराज कार्की
बैदाम प्रहरीमा महिला इञ्चार्ज
उच्च र जिल्ला बारलाई पुस्तक
लेकसाइडमा सिसी क्यामरा राख्न सांसद पहारीले सघाउने
पत्रकार महासंघ कास्कीकाे साधारण सभा, १० पत्रकार सम्मानित
hero news full width
मुख्य समाचार
फेवातालकाे सीमांकन : ४० वर्ष अघिकै आकारमा फर्काउने प्रयास
सामुदायिक प्रहरी जिल्ला समन्वय कास्कीमा बाेधराज कार्की
माघ ११, २०७७पाेखराका हाेटेलमा जाेखिमपूर्ण काम गर्ने ६ बालबालिकाको उद्धार
माघ १०, २०७७प्रतिनिधिसभा विघटन संविधानसम्मत कि गैरसंवैधानिक ?
माघ १०, २०७७स्वास्थ्य शिक्षाको शुल्क घटाउन निर्देशन
माघ १०, २०७७मलेशियाबाट १८ नेपालीको शव ल्याइयो
माघ १०, २०७७