सिलिङ्गे सहकारीको १२ औं साधारण सभा

आदर्श समाज सम्वाददाता
असाेज २३, २०७७
silinge shabing

लेखनाथ । सिलिङ्गे कृषि सहकारी संस्था, पोखरा–२६, कालिकाचोकको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका ७ सय ७३ शेयर सदस्यमध्ये ७ सय ७ सदस्यलाई असोज ८ देखि २२ गतेसम्म विभिन्न टोलमा पुगी हस्ताक्षर संकलन र वैज्ञानिक प्रविधिको प्रयोगमार्फत सुझाव संकलन गरी साधारण सभा सम्पन्न गरेको हो ।

जिल्ला सहकारी संघ कास्की अध्यक्ष रविरमण तिवारीले सहकारीले शेयर सदस्यलाई मुनाफा मात्र नदिई सेवा पनि दिन सक्नु पर्ने सुभाव दिए । उनले सरकारले ल्याएको सहकारी ऐनले ९० प्रतिशत जनतालाई सहकारीमा आवद्ध गराउने योजना रहेको सहकारीहरु सेवामूलक संस्था रहेको बताए ।

वडाध्यक्ष नारायणप्रसाद बरालले भौतिक रुपमा शेयर सदस्यको उपस्थिति नगराई सहकारीले गरेको साधारण सभा उदाहरणीय भएको बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष शैलेन्द्रमोहन भट्टराईले कोरोना भाइरस प्रभावका कारण सहकारीले जुन तरिकाले काम गर्नुपर्ने हो सोही अनुरुप गर्न नसके पनि सबैको साथ र सहयोगले संस्था प्रगतिउन्मुख भएको बताए ।

संस्थाका सचिव सूर्यप्रसाद बञ्जराले प्रगति विवरण,कोषाध्यक्ष यदुनाथ बरालले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक ईश्वरीप्रसाद अधिकारीले लेखाप्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रममा उपाध्यक्ष श्यामा सिग्देलले भावी योजना प्रस्तुत गर्दै हाल हुनुपर्ने अधिवेशन कोरोना भाइरसका कारण स्थगित भएकाले पछि सहज वातावरण सृजना भएपछि कार्यसमितिले मिति तय गर्ने जानकारी गराइन् ।

२०६५ सालमा १ सय ६५ शेयर सदस्यको ११ लाख ६६ हजारको शेयर पुँजीबाट स्थापना भएको संस्थाले अहिलेसम्म ७ सय ७३ शेयर सदस्यमार्फत ४ करोड ९४ लाख ९० हजार ७ सय शेयर पुँजी बनाउन सफल भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width