पोखरा, २३ असाेज । फोर्स मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसनअन्तर्गत आयाम इन्टरकन्टिनेन्टल र माछापुच्छ«े बैंकबीच सहकार्यबारे सम्झौता भएको छ ।
आयाम इन्टरकन्टिनेन्टलतर्फबाट अध्यक्ष ध्रुवबहादुर थापा र बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख दिनेश दवाडीले बिहीबार एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षरण गरेका हुन् ।
आयामले ६ वर्षदेखि नेपालमा फोर्स मोटर्सका गाडीहरु बिक्री वितरण गर्दै आएको छ । काठमाडौं, हेटौंडा, पोखरा र इटहरिमा आयामको आफ्नै शोरुम छन् ।
नेपालका विभिन्न सहरमा डिलर नेटवर्क विस्तार गरी फोर्सका गाडी बिक्री वितरण भइरहेको र बैंकसँगको सम्झौताले ग्राहकलाई थप सुविधा उपलब्ध हुने आयाम इन्टरकन्टिनेन्टलका अध्यक्ष ध्रुव थापाले बताए ।
फोर्स मोटर्सका गाडी खरिद गर्ने ग्राहकलाई बैंकले देशभरका शाखाबाट सहज रुपमा ७५ प्रतिशतसम्म फाइनान्स सुविधा उपलब्ध गराउने बैंकका प्रदेश प्रमुख दिनेश दवाडीले बताए ।
हिमालय अर्गनाइजेसन पोखराको प्रतिष्ठित व्यावसायिक घराना भएकाले अन्य व्यावसायिक क्षेत्रमा पनि सहकार्य गर्न सकिने शाखा प्रबन्धक प्रदीप श्रेष्ठले बताए ।
धेरै सिट क्षमता, इञ्जिन वारेन्टी ३ वर्ष वा ३ लाख किमी, मर्सिडिज इन्जिनको लाइसेन्सप्राप्त लगायत विशेषताले फोर्स मोटर्सप्रति ग्राहकको आकर्षण बढेको निर्देशक नीरन केसीको दाबी छ ।
Related News
सम्बन्धित समाचार
सक्षम सहकारीको पदस्थापन
सुन्तलाबाट जुस, बोक्राबाट मेकअप सामग्री
गुरुङ ब्युटिपार्लरपछि चिनुले खाेलिन् सिजी ब्रोज एन्ड नेल्स ट्रेनिङ इन्स्टिच्युट
गाउँमै रोजगारी : परिवारमा खुशीयाली
आँखा, हात, खुट्टा, नङको सौन्दर्य निखार्न सिजी ब्रोज एन्ड नेल्स
hero news full width
मुख्य समाचार
संसद विघटनविरुद्ध कांग्रेस झनै सशक्त
नेकपाका अध्यक्षद्वयलाई निर्वाचन आयोगले भन्याे : एकता महाधिवेशनअघि कसैले कसैलाई हटाउन सक्दैन
माघ १३, २०७७काेराेनाविरुद्धकाे खाेपका लागि देशभर ६२ अस्पतालमा १ सय २० खोप केन्द्र
माघ १३, २०७७सिनेमा संवाद @ घान्द्रुक
माघ १३, २०७७सातै प्रदेशमा पुग्यो कोरोनाको खोप, पहिलो डोज भोलि
माघ १३, २०७७नरोऊ मायालु…
माघ १३, २०७७