पोखरा, २२ असोज । पोखराका युवा व्यवसायीहरु पर्यटन प्रवद्र्धन गर्न सौराहा पुगेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) का कारण थिलथिलो भएको पर्यटन व्यवसायलाई पुर्नजागरण गर्ने सन्देश दिन पोखराका स्थापित युवा व्यवसायीहरु साईकल ¥याली गर्दै सौराहा पुगेका हुन् ।
विहान ७ बजे प्रस्थान गरेको टोली अपराह्न सौराहा पुगेको साईकल ¥यालीका संयोजक सोभितमान बुद्धाचार्यले जानकारी दिए । विहीबार अपराह्न पुगेको टोली शुक्रबार सौराहामै बस्ने र शनिबार मात्र फर्किने उनले बताए ।
‘हाम्रो उद्देश्य भनेको थलिएको पर्यटनलाई पुर्नजागृत गराऔं भन्ने सन्देश दिनु हो’, उनले भने, ‘थिलथिलिएको पर्यटनलाई अब चलायमान गराउनुपर्छ र त्यसका लागि हामी तयार छौं भन्ने सन्देश दिनुपनि हो ।’ उनले पोखरासहित पर्यटकीय क्षेत्रहरु सुरक्षित छ है भनेर सन्देश दिनुपनि आफूहरुको भ्रमणको उद्देश्य रहेको उनले प्रष्ट्याए । उनले भने–‘अबपनि हामी चुप लागेर बस्यौं भने पर्यटन रिभाइव गर्न मुश्किल हुन्छ, त्यसैले यसको शुरुवात गर्नुपर्छ भनेर हामीले अगुवाई गरेका हौं ।’
पर्यटन प्रवद्र्धनका लागि निस्केका युवाहरुले जसले जहाँबाट सक्छ त्यहिँबाट अब पर्यटन प्रवद्र्धनसहित अर्थतन्त्र चलायमान बनाउने वातावरण सिर्जना गर्न आग्रह गरेका छन् ।
¥यालीमा युवा व्यवसायी सोभितमान बुद्धाचार्यसहित युवा उद्यमी मञ्च (एनवाईएफ) पोखराका अध्यक्ष पुनित वैद्य, युवा व्यवसायीहरु साझेन्द्रसिंह हमाल, स्वप्नील वैद्य, अरुण गुरुङ, कुशल पालिखे, सुसीन लामा, रेक्स मल्ल, बिराज केसी र बरदान ताङ्वे लामासहित १० जना छन् ।
Related News
सम्बन्धित समाचार
हिल हिमालयजद्वारा ४३ हजार किलो फोहोर व्यवस्थापन
लेखनाथ जेसिज र जुनियर जेसिजको पदस्थापन
फेवातालकाे सीमांकन : ४० वर्ष अघिकै आकारमा फर्काउने प्रयास
सामुदायिक प्रहरी जिल्ला समन्वय कास्कीमा बाेधराज कार्की
बैदाम प्रहरीमा महिला इञ्चार्ज
hero news full width
मुख्य समाचार
गण्डकीमा आयो कोरोना खोप
नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
माघ ११, २०७७फेदीखाेलामा गुरुङ भाषाका आदिकविकाे सालिक अनावरण
माघ ११, २०७७गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने
माघ ११, २०७७गाउँमै रोजगारी : परिवारमा खुशीयाली
माघ ११, २०७७विकास खर्च तीन वर्षयताकै कम
माघ ११, २०७७