लेखनाथ, २२ असोज । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किसोर प्रधानले महासंघ र जिल्ला तथा नगर उद्योग वाणिज्य संघ बीचको सम्वन्ध जीवन्त हुनु पर्नेमा जोड दिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको मंसिर ११ र १२ मा हुन लागेको ५४ औ बार्षिक साधारण सभा तथा चुनावका शिलशिलामा विहिबार लेखनाथ उद्योग वाणिज्य संघले राखेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै प्रधानले जिल्ला तथा नगर उद्योग वाणिज्य संघको माया र प्रेमले यस पटक महासंघले मेरो नेतृत्व मागेकाले वरिष्ठ उपाध्यक्ष पदमा उमेदवारी दिने बताएका छन् ।
आफनो व्यवसायलाई एकातिर थाति राखि साना तथा मझौला उद्योग व्यवसायीहरुका समस्याप्रति सजक हुदै आफनो जिवनको २८ वर्ष महासंघमा लागेको अनुभवलाई दिशानिर्देश गर्दै मेलमिलापको आधारमा अगाडि वढ्ने धारणा समेत राखेका थिए ।
कार्यक्रममा महासंघका केन्द्रिय सदस्य दिनेश श्रेष्ठले सवै व्यवसायीलाई केन्द्रिय तहसम्म पहुँच पुर्याउने उद्देश्यले नौलो यात्राको गन्तव्य नाम राखेर आफुहरु चुनाबी प्रचार प्रसारको अभियानमा घरदैलोमा लागेको बताएका थिए ।
सोही अवसरमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले महसंघमा चुनावी एजेण्डा भन्दा पनि पैसा खर्च गरेर नेतृत्व लिने होडको अन्त्य गरि तडक भडक विनाको निर्वाचनले मात्र एकता सन्देश र जिल्ला तथा नगर उद्योग वाणिज्य संघलाई अपमान गर्ने प्रवृत्तिको अन्त्य हुने सुझाव राखेका थिए ।
संघका अध्यक्ष बलराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव गोपिचन्द्र वास्तोलाले संचालन र वरिष्ठ उपाध्यक्ष छत्र आत्रेयले धन्यवाद ज्ञापन गरेका थिए ।
यसै बीच महासंघको ५४ औं बार्षिक साधारण सभा तथा अधिवेसनका लागि लेखनाथ उद्योग वाणिज्य संघले पूर्व अध्यक्ष बाबुराम गिरीलाई गण्डकी प्रदेश केन्द्रिय सदस्य पदमा उमेदवारी दिने घोषणा गरेको छ ।
Related News
सम्बन्धित समाचार
हुन्डाइ का नयाँ गाडी नेपाली बजारमा
मुद्रण उद्योग संघ कास्कीमा किरण
पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम
कोप्स कास्कीमा धर्मराज
पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
hero news full width
मुख्य समाचार
पार्टी कार्यालयहरूमा धमाधम एमालेको बोर्ड
सुनसान ‘अष्ट्रेलियन क्याम्प’ अझै
फागुन २५, २०७७नेकपा एकीकरणमा सर्वोच्चको धक्का : गण्डकी सरकार हाइसञ्चाेमा
फागुन २५, २०७७वालिङ महिलाले सामूहिक काम गरेर मनाए नारी दिवस
फागुन २४, २०७७धुम्बाराहीमा पूर्ववत् एमाले मुख्यालय
फागुन २४, २०७७जब देवघाटमा पत्नीले पतिलाई बाेकेर कुदे…
फागुन २४, २०७७