सनराईजको रक्तदानमा ४२ युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
असाेज २२, २०७७
blood donashion

लेखनाथ, २२ असोज । सनराईज क्लव पोखरा २६ ले विहीबार राखेको चौथो खुल्ला रत्तदानमा ४२ युनिट रगत संकलन भएको छ ।

लक्ष्मी मावि परिसर अघौंमा राखिएको रत्तदानमा वडा नं २६ का वडाअध्यक्ष नारायणप्रसाद बरालले पहिलो रत्तदाता क्लवका सदस्य सन्तोष पौडेललाई बल्ड ब्याग हस्तान्त्रण गरि सुरु गरेका थिए ।

कार्यक्रममा बोल्दै वडाअध्यक्ष बरालले रगतको विकल्प रगत नै भएकाले स्वच्छ र निरोगी भएर बाच्नका लागि तीन÷तीन महिनाको अन्तरमा रत्तदान गर्दा राम्रो हुने विचार राखेका थिए । रत्तसंचार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले दान मध्यको पनि सवै भन्दा ठुलो दान रत्तदान भएकाले यसलाई महादान भनिएको विचार राखे ।

क्लवका अध्यक्ष राजबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन उपाध्यक्ष डुलबहादुर पुनले गरेका थिए भने स्वागत मन्तव्य कोषाध्यक्ष सुर्य न्यौपानेले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width