कृषि विकास बैंक बगर शाखामा लकर सेवा

रासस
असाेज २२, २०७७
krishi

पोखरा । कृषि विकास बैंक बगर शाखाले लकर सेवा सुरु गरेको छ ।

प्रमुख अतिथि कृषि विकास बैंक लि.का संचालक समिति सदस्य हरिप्रसाद पराजुलीले सो सेवा उद्घाटन गर्दै यसबाट ग्राहकमानुभावको महत्वपूर्ण सामग्री र गरगहनाको सुरक्षा गर्ने बताए । उनले बैंकले कृषिमा मात्र नभइ सम्पूर्ण व्यापार–व्यवसायी गर्ने महानुभावलाई समेत लगानी गर्दै आएको र सबै बैंकिङ्ग कारोबार समेत प्रदान गर्दै आएको बताए ।

कृषि बिकास बैंक लिमिटेड गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक रघुनाथ न्यौपाने पनि बैंक र लकर सुविधाको बारेमा जानकारी दिए ।

शाखा प्रबन्धक मोतिप्रसाद पौडेलले बैंकले सम्पूर्ण मापदण्ड पूरा गरी लकर सेवा संचालनमा ल्याएको र यसको गुणस्तरलाई समेत कायम गर्ने बताए ।

बैंकका कर्मचारी संगीता पहारीले बैंकको लकर सुविधाबारे विस्तृत जानकारी दिएकी थिइन् । उनले बैंकमा भएको १ सय ७५ वटा लकरमध्ये १५ वटा लकर प्रयोगमा आइसकेको बताइन् । बैंकमा ३ वटा साइजको लकर सेवा उपलब्ध भएको र ग्राहकहरुलाई उक्त लकर ढुक्क भएर प्रयोग गर्न समेत उनले आग्रह गरेकी छन् ।

स्वागत मन्तव्य बैंकका कर्मचारीको तर्फबाट विश्व बास्तोला र संचालन कर्मचारी लक्ष्मण पाठकले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width