तिमी भुल्यौं तल्र्याङ र तुर्लुङमा
म त भुलेँ मायाको फुर्लुङमा
सोह्र वर्षे बैंश
भर्भराउँदो आगो जस्तो सोह्र वर्षे बैंश
झन् अझै खतरा चालिसपछि रैछ’ ।
राजधानी बाहिर रहेर अत्यधिक गीत रेकर्ड गराउने देशकै एक अब्बल गीतकार सुमन श्रापितद्वारा रचित नयाँ गीत ‘मायाको फुर्लुङ’ हालै बजारमा आएको छ।
सो गीतमा सोह्र वर्षको भन्दा चालिसपछिको बैंश खतरा हुने कुरा जनाइएको छ । अहिलेको चलनचल्तीकै अनुसार नचाउनेखालको रोमान्स गीत रहेको छ।
यस गीतका गायक तथा संगीतकार बैकुण्ठ रायमाझी हुन् । उनलाई सहगायनमा नेपाली लोकसांगीतिक क्षेत्रकी चर्चित गायिका प्रीति आलेले साथ दिएकी छिन् ।
गायक एवं संगीतकार रायमाझी केही वर्षदेखि विदेशी भूमिमा रहे पनि गीत संगीतलाई निरन्तरता दिँदै आएका छन् । चर्चित सर्जक बीबी अनुरागीले संगीत संयोजन गरेको गीत सेरोफेरो नेपाल नामक युट्ब च्यानलबाट सार्वजनिक भएको हो ।
प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । पछिल्लो समयका नेपाली म्यूजिक भिडियोका अत्यन्तै ब्यस्त मोडलद्वय दुर्गेश थापा र अञ्जली अधिकारीको अभिनय रहेको भिडियोको निर्देशन तथा कोरियोग्राफी प्रकाश भट्टले गरेका हुन् ।
नवराज उप्रेतीले खिचेको भिडियो सम्पादन विष्णु शर्माको हो ।
Related News
सम्बन्धित समाचार
सुमिनाले चुमिन मिस तनहुँकाे उपाधि
आरतीको ‘लुकी लुकी मायाले’ सार्वजनिक
सजनाको ‘याद’ सार्वजनिक
सुमन र जेबिकाले जिते गोल्डेन आइडल उपाधि
विनोद गौचनका गीतकाे म्युजिक भिडियो सार्वजनिक
hero news full width
मुख्य समाचार
प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
फागुन १७, २०७७स्कुल टिकाउन विद्यार्थी वन्धक !
फागुन १६, २०७७नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७