पोखरा, २१ असाेज । नेपालमा गएको २४ घण्टामा ३ हजार ४ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । एकै दिन थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार गएको २४ घण्टामा १४ हजार २ सय ९ पीसीआर परीक्षणमा ३ हजार ४ सय ३९ जनामा संक्रमण देखा परेको हो । तीमध्ये १ हजार ६ सय ८४ जना काठमाडौं उपत्यकामा मात्रै हुन् । देशभर कुल संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको छ । उनीहरुमध्ये ५ सय ७८ जनाको मृत्यु भएको छ । बुधबारमात्रै १५ जनाको मृत्यु भएको हो ।
निकाे हुने कुल ६८ हजार ६ सय ६८ पुगेको छ
यसैगरी, देशभर सक्रिय संक्रमित संख्या बुधबारदेखि २५ हजार नाघेको छ । हाल २५ हजार ७ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा १ हजार १ सय २९ जना निको भएका छन् । योसहित निको हुनेको कुल संख्या ६८ हजार ६ सय ६८ पुगेको छ ।
उता, गण्डकी प्रदेशमा बुधबारमात्रै ९२ जना संक्रमित थप भए । यो सहित प्रदेशमा कुल संक्रमित संख्या ४ हजार ४ सय १ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । तीमध्ये ३६ जनाको ज्यान गइसकेको छ । हालसम्म ३ हजार १ सय ४९ निको भएका छन् । गएको २४ घण्टामा मात्रै ६९ जना निको भएका हुन् ।
Related News
सम्बन्धित समाचार
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
hero news full width
मुख्य समाचार
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१ढल्यो ऐतिहासिक सम्पदा ‘पोखरा गेट’, विकल्पबिनै भत्काइएकोमा विरोध
पौष २९, २०८१