नेपाल पत्रकार महासंघ नवलपुरको आपत्ति

आदर्श समाज सम्वाददाता
असाेज २१, २०७७

कावासोती, २१ असाेज ।  नवलपुर ट्याक्टर समितिअन्तर्गत कावासोती उपसमितिले नदीदोहन समाचार विषयलाई लिएर समाचार लेख्ने पत्रकारद्वय शालिकराम कोइराला र रामकुमार श्रेष्ठलाई गरेको व्यवहारप्रति नेपाल पत्रकार महासंघ पूर्वी नवलपरासीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाटद्वारा जारी विज्ञप्तिमा उपसमितिका पदाधिकारीहरुलाई आउँदा दिनमा समाचारको विषयलाई लिएर पत्रकारको पत्रकारितामाथि धाबा बोल्ने र पेसाप्रतिको इमानदारिता र कर्तब्यप्रति औंला उठाउनु सिंगो पत्रकारिताप्रतिको अपमान भएको उल्लेख गरिएको छ ।

यस्तै, पत्रकारलाई गरिने यस्ता ब्यबहारले पत्रकारिता पेशाप्रति नकरात्मक भ्रम सिर्जना गर्ने कार्य कोही कतैबाट नहोस् भन्ने माग समेत गरेको छ ।

विज्ञप्तिमा ट्याक्टर उपसमिति अध्यक्ष लगायतलाई आइन्दा यस्तो हर्कत नदोहो¥याउन महासंघले ध्यानाकषर्ण गराउँदै कानून हातमा लिई सञ्चारकर्मी उपर अवान्छित र अमर्यादित व्यवहार गर्नेहरुलाई कानूनी दायरामा ल्याई आवश्यक कारबाही गर्न महासंघले सम्बन्धित निकायसँग माग समेत गरेको छ ।

कावासोतीको कृष्ण गिरीको अध्यक्षतामा रहेको ट्याक्टर उपसमितिले कावासोतीका पत्रकार रामकुमार श्रेष्ठ, शालिकराम कोइराला र ट्याक्टर पक्राउ गर्न सुराकी गरेको भन्दै कावासोती १६ का ५ जना स्थानीयको खेत नजोत्ने र कुनै पनि ट्याक्टर गए १५ हजार जरिवाना गराउने निर्णय गरेको थियो ।

यस्तै, नदीजन्य वस्तुको दोहन गरेको विषयलाई लिएर लेखिएको समाचारकै आधारमा पत्रकारलाई सुराकी गरेको जस्ता आरोप लगाएर ट्याक्टर समितिले गरेको अभद्र व्यवहारप्रति नेपाल प्रेस युनियन नवलपुरले पनि आपत्ति जनाएको छ ।
युनियन नवलपुरका अध्यक्ष वीरेन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा कानून हातमा लिई सञ्चारकर्मी उपर अवान्छित र अमर्यादित व्यवहार गर्नेहरुलाई कानूनी दायरामा ल्याई कारबाही गर्न माग गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width