तमु धिंमा ३६ वर्षपछि नेतृत्व हस्तान्तरण, अध्यक्षमा हुम

आदर्श समाज सम्वाददाता
असाेज २१, २०७७
hum tamu

पोखरा, २१ असाेज । तमु समुदायको पुरानो सामाजिक संस्था तमु धिं नेपालको अध्यक्षमा हुमबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन् । केही विवादबीच करिब एक सातापछि प्रक्रिया पु¥याएर निर्वाचन समितिले उनलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । तमु धिं स्थापनाको ३६ वर्षपश्चात नेतृत्व हस्तान्तरण भएको छ ।

२०४२ सालमा स्थापनाकालदेखि नै लगातार नेतृत्व गर्दै आएकी कर्म तमुपश्चात युवा समाजसेवी एवं पत्रकार हुमबहादुर गुरुङले आगामी नेतृत्व गर्ने मौका पाएका हुन् ।

तमु धिं नेपालको १५औं महाधिवेशनको नेतृत्व चयनका क्रममा चारभञ्ज्याङ तमु समाजका हुमबहादुरसहित पदाधिकारीहरु निर्विरोध चयन भए ।

निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा ताङतिङ दूधपोखरी तमु समाजका सुुमे श्रीप्रसाद तमु, प्रथम उपाध्यक्षमा सिद्धार्थ तमु समाजकी गीमाया तमु, द्वितीय उपाध्यक्षमा याङ्जाकोट तमु समाजका नारायण तमु, महासचिवमा मिलिजुली विजयपुर तमु समाजकी अधिवक्ता जूनाकुमारी तमु, सचिवमा फिर्के तमु समाजका जुमकाजी तमु, सहसचिवमा चिउली पाचे तमु समाजका मेनकाजी तमु, कोषाध्यक्षमा नादा तमु समाजका गमबहादुर तमु, सहकोषाध्यक्षमा तमु सहयोग समितिकी सुवेदार तुलबहादुर तमु निर्विरोध चयन भए ।

अध्यक्ष पदका प्रत्यासी हुमबहादुरको विरुद्ध प्रस्तुत भएका इ। देउकाजी तमुको उम्मेदवारी बदर भएको निर्वाचन समितिको निर्णय पश्चात हुमबहादुरलाई बाटो खुलेको हो ।

बदर गर्नुअघि नै देउकाजी तमुले पत्रकार सम्मेलन गरी निर्वाचन प्रकृयाबाट बाहिरिएको सार्वजनिकीकरण गरेका थिए । यद्यपि निर्वाचन समितिले असोज २४ गते शनिवार घोषणा कार्यक्रम राखेको छ ।
असोज १६ मा ३६ औं वार्षिक साधारणसभा र १५औं महाधिवेशन सम्पन्न हुनुपर्नेमा विविध कारण देखाउँदै असोज ११ गते नै निर्वाचन समितिले निर्वाचन प्रक्रिया स्थगित गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…

hero news full width