खुल्यो नवलपुरको हाटबजार

रामकुमार श्रेष्ठ
असाेज २१, २०७७
20201005_153334

नवलपुर, २१ असोज । कोरोना संक्रमणको जोखिमका कारण बन्द ७ महिनादेखि बन्द रहेका पूर्वी नवलपरासीका हाटबजारहरु खुल्न थालेका छन् ।

संक्रमणको जोखिमकाबीच अन्य क्षेत्रहरु खुल्ला गरिएपछि सानो लगानीका हाटबजार व्यवसायीहरुले पनि बजार खोल्न थालेका हुन् । विद्यालय, हाटबजार क्षेत्रमा मानिसको भिँड अत्याधिक हुने भन्दै खोल्न अनुमति नदिए पनि व्यवसायीहरुले रोगले भन्दा भोकले मर्ने अवस्था आएको भन्दै बजार खोल्न थालेका हुन् ।

पूर्वी नवलपरासीको दुम्किबासदेखि भेडाबारीसम्म लाग्दै आएको साप्ताहिक हाटबजार गत चैत ११ गतेदेखि बन्द रहेका थिए । स्थानीय बजार क्षेत्रका व्यापारीले अन्य ठाउँमा नजाने गरी पालो मिलाएर बजार खोलिएको बताएका छन् । दशैं नजिक आए पनि किनमेल गर्न आउने ग्राहक नपाउँदा भने व्यापारीहरु चिन्तित छन् ।

घर तथा सटरमा राखिएका व्यापार भन्दा साप्ताहिक रुपमा लाग्ने यस्ता हाटबजारहरुमा सबै चिज एकै ठाउँमा र सुलभ पाइने भन्दै उपभोक्ताहरु किनमेलका लागि बढी आउने गर्दछन् । तर कोरोना संक्रमणका कारण थला परेका व्यापारीहरु बजार खोलिए पनि ग्राहक नपाएर चिन्तित बनेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width