कुनै पनि पूर्वाग्रहबाट प्रेरित हुन्नँ : अर्याल

Avatar आदर्श समाज सम्वाददाता
असाेज २१, २०७७
aryal

पोखरा । पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा प्रेमनारायण अर्यालले आफूले प्राज्ञिक क्षमतामाथि पक्षपात नगरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पोखरा विश्वविद्यालयमा आफूले चुनौती र सम्भावना दुवै देखेको बताउँदै चुनौती सामना गर्दै सम्भावनालाई यथार्थमा परिणत गर्न सबैको सहयोगको अपेक्षा राखेको बताए ।

प्रजातान्त्रिक प्राध्यापक संघ, पोखरा विश्वविद्यालयले सोमबार आयोजना गरेको स्वागत कार्यक्रमका अवसरमा अर्यालले उक्त कुरा बताएका हुन् ।

आफ्नो जीवनको अनुभव पोखरा विश्वविद्यालयको उन्नयनमा खन्याउन आफू आतुर रहेको बताउँदै विश्वविद्यालयको दीर्घकालीन र अल्पकालीन नीति बनाएरै अगाडि बढ्ने जानकारी दिए । कुनै पनि पूर्वाग्रहबाट आफू प्रेरित नहुने र पक्षपात नगरी विशिष्टताका आधारमा न्यायसङ्गत निर्णय लिँदै जाने कुरा पनि उनले सो क्रममा उल्लेख गरे । पोखरा विश्वविद्यालयका अधुरा काम सम्पन्न गर्दै यसको विकास गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको र सो जिम्मेवारी पूरा गर्न आफू दृढ सङ्कल्पित भएको पनि जनाए । एक्लो व्यक्तिले केही गर्न नसक्ने हुनाले सबैको सहयोग प्राप्त गर्ने अपेक्षा आफूले लिएको पनि उनले उल्लेख गरे । अबको ४ वर्ष पोखरा विश्वविद्यालयबाहेक अन्य कतै आफ्नो ध्यान नलगाउने प्रतिबद्धता व्यक्त गर्दै विश्वविद्यालयको गुणस्तर अभिवृद्धि आफ्नो एक मात्र अभीष्ट रहेको जनाए । नियुक्तिसँगै अनेक अफवाह फैलाउन केही समूह उद्धत भएको बताउँदै अर्यालले आफूलाई असफल बनाउने सपना नदेख्न साङ्केतिक रूपमा चेतावनी दिनसमेत भ्याए ।

पोखरा विश्वविद्यालयका व्यवस्थापन सङ्कायका डिन डा. हरिबहादुर खड्काले लामो समय पदाधिकारी रिक्त भएकाले विश्वविद्यालय ठूलो समस्यामा फस्दै गएकाले ती समस्या समाधान गर्न सबैले दोब्बर समय दिएर काम गर्नुपर्नेमा जोड दिए । पदाधिकारी रिक्त हुँदा थुप्रै काम बाँकी भएकाले ती काम समयमा सम्पन्न गरी विश्वविद्यालयलाई समयसापेक्ष बनाउन सबैले इमानदारीपूर्वक सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा विष्णुराज तिवारीले विश्वविद्यालयमा देखिएका समस्यालाई प्राज्ञिक हिसाबले समाधान गर्नका लागि अगाडि बढ्न नवनियुक्त उपकुलपति अर्याललाई सल्लाह दिए । विश्वविद्यालयका कार्यकारी परिषद् सहप्राडा अजय थापाले विश्वविद्यालयले आफ्नै विशिष्ट कार्यक्रम लागू गर्दै विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति निर्माण गर्नतिर केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा पोखरा विश्वविद्यालय प्राध्यापक संघका प्रथम निर्वाचित सभापति इ. दीपकराज पौडेल, प्रजातन्त्रवादी कर्मचारी संघका सभापति तेजनारायण पराजुली, प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय सदस्य योगराज लामिछाने, प्रजातन्त्रवादी प्राध्यापक संघका महासचिव रवीन्द्र बराल, सहप्रा राजेश ठकुराठी, विद्यार्थी नेता गोपी तिवारी लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए ।

प्रजातन्त्रवादी प्राध्यापक संघ, पोखरा विश्वविद्यालयका सभापति इ. सञ्जीव थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव विमला भट्टले र स्वागत उपाध्यक्ष सन्तोष गुरुङले गरेका थिए।

Related News

सम्बन्धित समाचार

    • शिवमायालाई ललित गौचन समाजसेवा सम्मान

      Avatar आदर्श समाज सम्वाददाता फागुन २३, २०७७
      पोखरा । नागरिक समाज कास्कीद्वारा सञ्चालित ललित गौचन स्मृति समाजसेवा सम्मान–२०७७ सामाजिक अभियन्ता शिवमाया श्रेष्ठलाई प्रदान गरिएको छ । कास्कीका…
    • हाजिरीजवाफमा चिल्ड्रेन्स एकेडेमी प्रथम

      Avatar आदर्श समाज सम्वाददाता फागुन २३, २०७७
      पोखरा । नेशनल प्याव्सन कास्कीले आयोजना गरेको अन्तरविद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा चिल्ड्रेन्स एकेडेमी प्रथम भएको छ । प्रतियोगितामा चिल्ड्रेन्स एकेडेमीकी ममता…
    • फेवाताल पुर्ने गतिविधि तत्काल रोक्न माग

      Avatar आदर्श समाज सम्वाददाता फागुन २३, २०७७
      पोखरा । पोखरा–१८, गैह्राको चौतारामा पानीको सतह घटेसँगै फेवाताल पुर्ने गतिविधि भइरहेकाले पोखराका विभिन्न सरोकारवाला संघसंस्थाको ध्यानाकर्षण भएको छ ।…
    • मुद्दा मिलाउने भन्दै १ करोड माग्ने पक्राउ

      Avatar आदर्श समाज सम्वाददाता फागुन २२, २०७७
      पोखरा, २२ फागुन । एक करोड दिए जवरजस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाइदिने भनी रकम ठगी गर्ने दुई व्यक्तिलाई कास्की प्रहरीले…
    • सिद्धार्थ क्लबकाे कार्यक्रममा ९४ युनिट रगत संकलन

      Avatar आदर्श समाज सम्वाददाता फागुन २०, २०७७
      फागुन । सिद्धार्थ क्लब पोखराले बुधबार बिहान गरेको कार्यक्रममा ९४ युनिट रक्त संकलन भएको छ । रक्त संचार केन्द्र, पोखराको…

    hero news full width

    sanil ads

    wordlink ads