योजना निर्माणमा बस्तीस्तरमा छलफल बढाउनुपर्नेमा जोड

भोजराज भट्टराई
असाेज २१, २०७७
News Baganaskali

बगनासकाली, २१ असोज । आवधिक योजना निर्माणका लागि बस्तीस्तरमा छलफल बढाउनुपर्नेमा पाल्पाली सञ्चारकर्मीले जोड दिएका छन् । जिल्लाको बगनासकाली गाउँपालिकामा निमार्ण हुन लागेको प्रथम त्रीवर्षीय आवधिक योजना तर्जुमाका लागि सञ्चारकर्मीहरूसँग गरिएको सुझाव संकलन कार्यक्रममा पत्रकारहरूले गाउँपालिकाको सम्भाव्यता पहिचान गरी कृषि, पशु पालन र रोजगार प्रर्वद्धनका कार्यक्रम आवधिक योजनामा समेट्नुपर्ने सुझाव दिएका हुन् ।

छलफलमा सहभागी पत्रकारहरूले त्रिवर्षीय आवधिक योजनाका समस्या, अवसर र चुनौतीका विषयमा राय राखेका थिए । गाउँपालिकाको आफ्नै प्रशासनिक भवन सञ्चालनको समस्या, व्यवसायिक कृषि प्रणालीको अभाव, दीर्घकालीन योजनाको अभाव, युवा स्वरोजगारमा ध्यान दिन नसक्नु, सार्वजनिक क्षेत्र पहिचानको समस्या, वन्यजन्तुबाट कृषि उपज जोगाउन समस्या रहेकोले त्यसतर्फ विशेष कार्यक्रम बनाइ अगाडि बढ्नुपर्नेमा सञ्चारकर्मीको जोड दिएका थिए ।

यसैगरी गाउँपालिकाले फुसको छानो मुक्त गाउँपालिका बनाउन सफल भएको, बालमैत्री अभियान, सञ्चारमैत्री गाउँपालिका, पूर्ण संस्थागत सुत्केरी गराउने जस्ता असल काम गाउँपालिकामा भएको बताउँदै बगनासकालीमा कृषि र धार्मिक पर्यटनमा सम्भावना रहेको धारणा राखेका थिए । छलफलमा पत्रकारहरू कमलराज तिमिल्सीना, भोजराज तिमिल्सीना, देव पचभैया, भोजराज भट्टराई, मुक्ती न्यौपाने, कृष्ण पोखरेल, विष्णु घिमिरे, नेत्र गैरे, रामचन्द्र रायमाझी, कमल अधिकारी लगायतको सहभागीता रहेको थियो ।

गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले गाउँपालिकाले आवधिक योजनामा सञ्चारकर्मीबाट प्राप्त सुझावलाई समेट्दै कार्यक्रम अगाडि बढाउने बताए । गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले आवधिक योजनाले गाउँपालिकाको सडक, पुल, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलगायत विकासका सवै पक्षलाई प्राथमीकरण गरेर योजनाबद्ध विकासको खाका कोर्ने भएकोले योजना कार्यान्वयनका लागि सर्वपक्षीय सहयोग आवश्यक हुने औंल्याए । प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले कृषि, पशुपालनका कार्यक्रमसहित युवा जनशक्तीलाई आत्मनिर्भर बनाउँदै बगनासकालीलाई धार्मिक पर्यटनको क्षेत्रमा अगाडि बढाउन सकिने धारणा राखे ।

गाउँपालिकाले योजनाबद्ध विकास र समृद्धिका लागि अलना इन्टरनेशनल सर्भिसेस प्रालिसँग तीन वर्षे आवधिक योजना निर्माणको काम शुभारम्भ गरेको हो । आवधिक योजना निर्माणको हालसम्मको प्रगतिबारे जानकारी गराउँदै अलना इन्टरनेशनल सर्भिसेस प्रालिका प्रतिनिधि कृष्ण पौडेलले बगनासकाली गाउँपालिकाको अवसर, चुनौती, कार्यक्रम, समस्या एवं स्थलगत छलफलबाट प्राप्त उपलब्धिका बारेमा जानकारी गराए । पौडेलले आवधिक योजनाले स्थानीय तहमा विधि र प्रक्रियालाई संस्थागत गर्ने भएकोले योजना निर्माणलाई प्रभावकारी बनाइनेमा जोड दिए ।

गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालको अध्यक्षतामा चलेको कार्यक्रमको सञ्चालन बालमैत्री फोकल पर्सन मनोज आचार्यले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो

    रासस असाेज २३, २०८१
    काठमाडौँ, २३ असोज । नेपाल राष्ट्र बैंकले दसैँतिहारलाई लक्षित गरी यस वर्ष नयाँ नोट मुद्रण नगर्दा नोट सटहीको चाप ह्वात्तै…
  • लायन्स पोखरा आदर्श चौतारीको सहयोग

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतको लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले रानीपौवास्थित सत्य साइ बाल आश्रममा…
  • दशैँमा पिङको मज्जा

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा लामाचौरमा नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा मंगलबार गाडिएको लिङ्गे पिङमा रमाउँदै केटाकेटी । सशस्त्र प्रहरी बल कालिका गण, मालेपाटनले…
  • राष्ट्रिय पुस्तक नीति महत्वपूर्णः शिक्षामन्त्री

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक नीति महत्वपूर्ण हुने बताएकी छन् । मन्त्रालयमा…
  • दशैँमा गावै रमाइलो, तर बाहिरिने कम

    धनबहादुर गुरुङ असाेज २२, २०८१
    पोखरा । पर्यटनको राजधानी पोखरालाई कर्मथलो र पढ्नेथलो बनाएकाहरु दशैँतिहार माहोलसँगै यतिखेर गाउँ फर्कने तयारीमा छन् । त्यसैबेला पोखराका प्रमुख…

hero news full width

Recent Posts

भर्खरै