लेखनाथ । प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई लेखनाथ उद्योग बाणिज्य संघले स्वागत तथा सम्मान गरेको छ ।
संघले आफ्नो २४ औं वार्षिक साधारणसभा नयाँ तरिकाले गर्न लागेको सन्दर्भमा विभिन्न उपसमितिको बैठकमा उपस्थित ढकाललाई संघले ब्यवसायीहरुका समस्या र यस क्षेत्रको वस्तुस्थितिका बारेमा जानकारी गराएको हो ।
प्रमुख जिल्ला अधिकारी ढकालले उद्योगी ब्यवसायीले उत्पादन, पर्यटन र कृषिलाई प्राथमिकतामा राखेर स्वदेशमा नै रोजगार दिन सक्नेखालका कार्यक्रम ल्याएमा सरकारको तर्फबाट पनि सहयोग र साथ रहने विश्वास दिलाए ।
उनले सरकारी नीति–नियममा रहेर संचालन भएका ब्यवसायले राज्यलाई पनि सहयोग गरेको प्रसंग उठाउँदै राज्यले पनि ब्यवसायीको हतहित सवालमा काम गर्ने र असल कामको सुरुवात ब्यवसायीहरुबाटै आउनु पर्ने बताए ।
कार्यक्रममा संघका अध्यक्ष बलराम ढकाल, पूर्व अध्यक्ष बावुराम गिरी र महासचिव गोपिचन्द्र बास्तोलाले संघको स्थापनाकालदेखि सामाजिक क्षेत्रको विकासमा संघले खेलेको भूमिकाबारे जानकारी गराए ।
संघको २४ औं साधारणसभा तयारीका लागि विभिन्न १७ वटा उपसमितिहरुको बैठक बसी सुझाव संकलन मंगलवारदेखि सकिएको छ ।
पूर्व घोषित कार्ययोजनाअन्तर्गत साधारणसभाकै जस्तो वार्षिक प्रतिवेदनबाट आएका सुझाव आधारमा असोज २५ गते बस्ने कार्यसमितिको बैठकले अनुमोदन सहित साधारणसभा सम्पन्न गर्ने योजना रहेको बताइएको छ ।
Related News
सम्बन्धित समाचार
प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
पेचिलो पोखराको पार्किङ
विन्दुवासिनी संस्कृत विद्यापीठको पक्की छात्राबास
माटो निकालेर फेवातालको आयु बढाइने
hero news full width
मुख्य समाचार
ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
स्कुल टिकाउन विद्यार्थी वन्धक !
फागुन १६, २०७७नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७