लमजुङ, २० असोज । जिल्ला प्रहरी कार्यालय लमजुङले फरार अपराधी पक्राउ गर्न सक्रियता देखाए पनि ३२० वर्ष ३ महिना १५ दिन कैद भुक्तानी गर्न बाँकी रहेको छ ।
जिल्ला अदालत लमजुङका अनुसार २०७७ भदौ महिनासम्म कैदतर्फ ३५६ वर्ष ११ महिना लगतमा उक्त कैद भुक्तानी गर्न बाँकी रहेको हो ।
जम्मा लगतमध्ये ३६ वर्ष ३ महिना १९ दिनको फछ्र्योट भएको अदातलतका स्रेस्तेदार उदयराज काफ्लेले बताए । उक्त अवधिमा जरिवानाको लगत रु पाँच करोड ९९ लाख २० हजार ७७९ मध्ये पाँच करोड ९३ लाख ५० हजार ७२६ असुली गर्न बाँकी रहेको उनको भनाइ छ ।
त्यस्तै, उक्त जरिवाना लगतमध्ये जम्मा रु पाँच लाख ७० हजार ५३ असुली भएको छ । पर्याप्त स्रोत, साधन, लकडाउनलगायत कारण कारण फरार व्यक्तिलाई पक्राउ गर्न असफल भएको जिल्ला अदालतले जनाएको छ । त्यस्तै, गत चैतदेखि अदालतको काममा प्रभाव परेका कारण लक्ष्य अनुसारको काम अदालतले गर्न नसकेको स्रेस्तेदार काफ्लेको भनाइ छ । केही दिनबाट मुद्दाका कामहरु अघि बढ्न थालेको र पहिलाको जस्तैगरी सम्पूर्ण काम अघि बढिरहेको अदालतले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
सातौं ब्रेज मेश्रो अवार्ड परियारलाई
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
१३ औं पोखरा महोत्सवको लोकनृत्यमा १४ टिम
hero news full width
मुख्य समाचार
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
माघ ३, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१