सुनको मूल्य वृद्धि

रासस
असाेज २०, २०७७
gold-bar-icon-png-7

सांकेतिक तस्बिर ।

काठमाडौँ, २० असोज । नेपाली बजारमा आज पहँेलो धातु सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापाबाल सुन प्रतितोला रु ८०० ले वृद्धि भई रु ९४ हजार ९०० मा कारोबार भएको छ । सोमबार प्रतितोला रु ९४ हजार १०० मा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनमा पनि रु ८०० ले नै वृद्धि भएको छ । सोमबार प्रतितोला रु ९३ हजार ६०० मा कारोबार भएको तेजाबी सुन आज भने रु ९४ हजार ४०० मा कारोबार भएको छ । यस्तै चाँदी प्रतितोला रु २० ले वृद्धि भएको छ । सोमबार प्रतितोला रु एक हजार १८० मा कारोबार भएको चाँदी आज भने रु एक हजार २०० मा कारोबार भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width