विद्यार्थीलाई सफा पानीले आँखा धुन र २० मिनेटमा आराम लिन आग्रह

रासस
असाेज १९, २०७७
corona_1

काठमाडौँ, १९ असोज: पछिल्लो २४ घण्टामा थप दुई हजार ४४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो समय देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ७८१ न्मूना परीक्षण गर्दा ९३७ महिला र एक हजार ५०३ पुरुषमा सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।

हाल देशभरमा सक्रिय सङ्क्रमितको सङ््ख्या २३ हजार ५०७ छ । यससँगै कुल सङ्क्रमितको सङ्ख्या ८९ हजार २६३ पुगेको छ । आज ११ हजार १९९ व्यक्ति कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सङ््क्रमणमुक्त हुनेको सङ्ख्या ६५ हजार २०२ छ । नेपालमा जम्मा सङ््क्रमितमध्ये निको हुने ७३ प्रतिशत पुगेका छन् ।

सङ्क्रमितमध्ये १२ हजार ३१६ होम आइसोलेशनमा र ११ हजार १९१ संस्थागत आइसोलेशनमा छन् । उनीहरुमध्ये २४४ जनाको सघन उपचार कक्ष र ४३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । हालसम्म दश लाख ७८ हजार २२९ नमूना परीक्षण भइसकेको छ । हाल देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या चार हजार ३३ छ ।

प्रदेशअनुसार संस्थागत आइसोलेशनमा सक्रिय सङ्क्रमित क्रमशः १ मा ९०५, २ मा ६४२, वाग्मतीमा आठ हजार २९६, गण्डकीमा ५०६, ५ मा ८६३, कर्णालीमा ३६८ र सुदूरपश्चिममा २२१ छन् । त्यस्तै होम आइसोलेशनमा प्रदेश १ मा एक हजार ७५१, २ मा ४७६, वाग्मतीमा सात हजार ५३२ , गण्डकीमा ५६२, ५ मा १२५६, कर्णालीमा २६५ र सुदूरपश्चिममा ४२१ छन्।

आजसम्म पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा सुनसरी, सिरहा, चितवन, ललितपुर, काठमाडौँ, भक्तपुर, रुपन्देही र मोरङ छन् । त्यस्तै हाल सङ्क्रमितको सङ्ख्या शून्य रहेका जिल्लामा मनाङ, मुस्ताङ, डोल्पा र रुकुम(पूर्व) छन्।

काठमाडाै उपत्यकाका सोमबार एकैदिन एक हजार ५३१ सङ्क्रमित थपिएका छन् जसमध्ये काठमाडौंका एक हजार १७८, ललितपुरका २५० र भक्तपुरका १०३ जना छन्।

थप १९ को मृत्यु

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ५५४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाभाइसबाट थप १९ जनाको मृत्यु भएसँगै हालसम्म मृतकको कुल सङ्ख्या ५५४ पुगेको हो।

प्रवक्ता डा गौतमले चाडबाडका समय नजीक आएकाले भाइरस थप फैलन सक्ने हुँदा जहाँ हो सोही स्थानमा बसी मनाउन र फोनबाट आशीर्वाद लिनदिन सबैलाई अनुरोध गर्नुभएको छ।

भाइरस सङ्क्रमितको सङ्ख्या हरेक दिन बढे पनि बजारमा सामान्य रुपमा झैँ चहलपहल बढेकाले अनावश्यक काममा भीडभाड नगर्न मन्त्रालयले आग्रह गरेको छ । दृष्टि विशेषज्ञ सङ्घका प्रवक्ता दीपककुमार झाले अनलाइन कक्षा सञ्चालन गर्दा आँखामा तत्कालीन र दीर्घकालीन रुपमा असर पार्ने भएकाले दिनमा कम्तीमा दुई पटक सफा पानीले आँखा धुन र हरेक बीस मिनेटमा अनलाइन कक्षाबाट केही समय आराम लिन शिक्षकविद्यार्थीलाई सुझाव दिए।

Related News

सम्बन्धित समाचार

  • सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । गण्डकीका सांसद जित शेरचन बजेट निर्माणमा फिक्सिङ भएका योजनाहरु अलपत्र परेको बताउँछन् । सरकारले बजेट बनाउँदा सांसदलाई थामथुम…
  • सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’

    रासस माघ ११, २०८१
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यम उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रू’ भएको छ । ‘ब्रेक थ्रू’…
  • राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा बिहीबारदेखि ३३ औं राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव…
  • जनप्रियको वार्षिकोत्सवमा सम्मान

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । जनप्रिय माध्यमिक विद्यालय पोखरा–८, सिमलचौरको ५६ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण समारोह बिहीबार सम्पन्न भयो । कार्यक्रम…
  • खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा, १० माघ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको छैटौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट अध्यक्षमा एम बि आस्था निर्वाचित भएका…

hero news full width