पोखरा, १९ असोज । हाइकर्स क्लब नेपालको १३ औं हाइकिङ सम्पन्न भएको छ । स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने उदेश्यले स्थापना भएको हाइकर्स क्लब नेपालले विगत १ वर्ष देखि कास्की जिल्ला भित्रका गाउँहरु अवलोकन गर्दै हरेक महिनाको अन्तिम शनिबार हाइकिङ सन्चालन गर्दै आएको छ ।
यसै क्रममा कोरोना महामारी र लकडाउनका कारण स्थगन भएको हाइकिङ पुनः सन्चालन गरि निरन्तरता दिन पोखरा १७ र २१ को सीमाना दोविल्ला देखि ग्रामीण बस्ति हुँडिकोट , जिब्रेढुङ्गा हुँदै पोखरा ३३ भरतपोखरीसम्मको करिब ५ किमीको यात्रा गरि हाइकिङ भाग १३ सम्पन्न गरिएको छ । हाइकिङको टोलीलाई जिब्रेढुंगा सामुदायिक होम स्टेका पदाधिकारी र आमा समूहले निर्माणाधीन सामुदायिक भवनमा स्वागत गरे । होम स्टेका सचिव रनबहादुर गुरुङले होमस्टेको बारेमा जानकारी गराए ।
हाइकिङको पुर्व सन्ध्यामा गरिएको औपचारिक कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नम्बर ३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यले हरेक क्षेत्रमा निस्वार्थ कर्मको खाचो रहेको जोड दिए । सचेत नागरिकले राजनीतिमा हस्तक्षेप गर्नु पर्ने खाँचो औल्याउँदै सकारात्मक र सर्वहितका कार्यमा आफ्नो सदा साथ र सहयोग रहने बताए ।
कार्यक्रमका समाजसेवी भरत रायमाझीले आन्तरिक पर्यटनलाइ बढुवा दिँदै ग्रामीण पर्यटनको प्रवद्र्धन गर्न हाइकिङ आवस्यक रहेको बताए । कार्यक्रममा स्थापना देखि नै संस्थालाई सहयोग गर्दैै आएका भएका पत्रकार मनोज घर्ति मगर, निर्माण व्यवसायी एबम समाजसेवी लिल काजि गुरुङ, लोगो डिजाइनर प्रवेश तुलाचनलाइ क्ल्वको तर्फबाट मायाको चिनो प्रदान गरियो ।
कल्बका अध्यक्ष प्रविन तुलाचनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष कृष्ण रानाभाट र सन्चालन क्लवका सदस्य मधु अधिकारीले गरे ।
Related News
सम्बन्धित समाचार
प्रजातन्त्र सेनानी दयाप्रसाद मर्सानीको निधन
शिवमायालाई ललित गौचन समाजसेवा सम्मान
हाजिरीजवाफमा चिल्ड्रेन्स एकेडेमी प्रथम
फेवाताल पुर्ने गतिविधि तत्काल रोक्न माग
मुद्दा मिलाउने भन्दै १ करोड माग्ने पक्राउ
hero news full width
मुख्य समाचार
पार्टी कार्यालयहरूमा धमाधम एमालेको बोर्ड
सुनसान ‘अष्ट्रेलियन क्याम्प’ अझै
फागुन २५, २०७७नेकपा एकीकरणमा सर्वोच्चको धक्का : गण्डकी सरकार हाइसञ्चाेमा
फागुन २५, २०७७वालिङ महिलाले सामूहिक काम गरेर मनाए नारी दिवस
फागुन २४, २०७७धुम्बाराहीमा पूर्ववत् एमाले मुख्यालय
फागुन २४, २०७७जब देवघाटमा पत्नीले पतिलाई बाेकेर कुदे…
फागुन २४, २०७७