दुर्घटना हुँदा एक जनाको मृत्यु

साधन राम्जाली
असाेज १९, २०७७
Accident

म्याग्दी , असोज १९ । म्याग्दीको मालिका गाउँपालिका–७, बिम खरिभिरमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाईते भएका छन् ।

दरबाङबाट बिममा निर्माणधीन भगवती आधारभुत विद्यालयको निर्माण सामाग्री लिएर बिमतर्फ जाँदै गरेको ट्याक्टर घ १ च ५२६ नम्बरको ट्याक्टर देउराली नजिकै आइतबार राति दुर्घटना हुदाँ रघुगंगा गाउँपालिका–३ का २३ वर्षीय आषिश खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिए । उनका अनुसार गम्भीर घाइते खत्रीलाई उपचारको लागि बेनी लैजादैगर्दा बाटैमा मृत्यु भएको हो ।

यस्तै, पर्वतको जलजला गाउँपालिका–२ का ३० वर्षीय प्रविण परियार गम्भीर घाईते भएका छन् । घाईते परियारलाई थप उपचारको लागि पोखरा पठाइएको छ । ट्याक्टर सडकदेखि करिब ५०० सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width