काठमाडौं । चाडपर्व आगमनसँगै एनसेलका ग्राहकले अब बोनस टक टाइमको फाइदा लिँदै साथीभाइ, परिवार तथा आफन्तजनसँग कुरा गर्न तथा विभिन्न बम्पर उपहार जित्न सक्ने भएका छन् ।
एनसेल आजियाटा लि.(सावि एनसेल प्रालि) ले दसैँ, तिहार र छठ पर्वको अवसरमा आफ्नो भ्वाइस सेवाका ग्राहकका लागि आकर्षक योजना ‘कुरै कुरामा उपहार’ ल्याएको हो । यस योजनाअन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले अन नेट, अफ नेट वा अन्तर्राष्ट्रिय कल गरी तोकिएको निश्चित मिनेटको भ्वाइस सेवा प्रयोग गरी आकर्षक उपहारहरु जित्ने मौका पाउनेछन् ।
दैनिक, साप्ताहिक र बम्पर उपहार यो योजनाको मुख्य विषेशताहरु हुन् । प्रिपेड ग्राहकले भ्वाइस सेवाको प्रयोग गरी जति धेरै कुराकानी गर्छन् त्यति नै धेरै उपहार जित्ने मौका पाउनेछन् । यो आकर्षक योजना आइतबारदेखि लागू भई मंसिर १३ सम्म कायम रहनेछ ।
यो योजनाबाट फाइदा लिन एनसेलका प्रिपेड ग्राहकले १७१०७ मा डायल गरी सजिलै निःशुल्क सहभागि हुन सक्नेछन् । यसमा ग्राहकले हरेक दिन भ्वाइस कल गर्न निश्चित मिनेटको लक्ष्य पाउनेछन् । तोकिएको निश्चित मिनेटको भ्वाइस कल गर्ने बित्तिकै ग्राहकले त्यही दिनको मध्यरात सम्मको समयसिमा रहेको बोनस अन नेट टक टाइम तुरुन्तै पाउनेछन् र यस योजना अन्तर्गतको उपहार जित्न योग्य हुनेछन् ।
यस आकर्षक योजनाको उपहारका रुपमा तोकिएको निश्चित मिनेटको भ्वाइस कल गर्ने ग्राहकलाई दैनिक अन नेट बोनस टक टाइम, हरेक दिन ७ सय जना ग्राहकलाई २ सय बोनस ब्यालेन्स, सात जना ग्राहकलाई सामसुङ ग्यालेक्सी एम०१एस र बम्पर उपहारमा २ जना ग्राहकलाई सामसुङ ग्यालेक्सी नोट २० रहेका छन् ।
एनसेल आजियाटा लि.का चीफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने, “चाडपर्वको सुरुवातसँगै यो वर्षको सबैभन्दा रमाइलो समयको आगमन भएको छ । हाम्रा गाहकहरुलाई आफ्ना प्रियजनसँग सम्पर्कमा रही रहन ‘कुरै कुरामा उपहार’ योजना ल्याएका छौं । भ्वाइस टक टाइम र आकर्षक उपहारहरुले चाडपर्वलाई थप रमाईलो बनाउनेमा विश्वस्त छौं ।”
यस योजनामा दैनिक धेरै मिनेट कुरा गर्ने ग्राहकमध्ये प्रत्येक प्रदेशबाट हरेक दिन १ सय जना भाग्यशाली ग्राहकलाई उपहार दिइनेछ । दैनिक उपहारअन्तर्गत ग्राहकले २ सय बोनस ब्यालेन्स प्राप्त गर्नेछन् । यसरी प्राप्त हुने बोनस ब्यालेन्स १५ दिनको लागि मान्य रहनेछ र उक्त बोनस ग्राहकले एनसेल नेटवर्क भित्र कल, एसएमएस गर्न तथा डेटा चलाउन प्रयोग सक्नेछन् ।
साप्ताहिक उपहारमा साताभरि धेरै कुरा गर्ने ग्राहकमध्ये सातै प्रदेशका १/१ जना गरी ७ जना भाग्यशाली ग्राहक छनोट गरिनेछ । प्रत्येक भाग्यशाली ग्राहकले सामसुङ ग्यालेक्सि एम०१एस ह्याण्डसेट उपहारस्वरुप प्राप्त गर्नेछन् ।
यो योजना अवधिभर सबैभन्दा बढी मिनेट कुरा गर्ने दुई भाग्यशाली ग्राहकले बम्पर उपहार प्राप्त गर्नेछन् । बम्पर उपहारमा सामसुङ ग्यालेक्सी नोट २० रहेको छ ।
यो योजना साप्ताहिक चक्रमा संचालन हुनेछ । साप्ताहिक चक्र आइतबार सुरु भइ शनिबार समाप्त हुनेछ । दैनिक, साप्ताहिक र बम्पर उपहार हस्तान्तरणका लागि एनसेलले आवश्यक ग्राहक प्रमाणिकरण प्रक्रिया अपनाई सिमको वास्तविक ग्राहकलाई मात्र उपहार हस्तान्तरण गर्नेछ ।
Related News
सम्बन्धित समाचार
फेसबुक र ट्वीटर पछि युट्युबले पनि गर्याे राष्ट्रपति ट्रम्पको अकाउन्ट बन्द
विश्व ब्रेल दिवसमा स्वास्थ्य सचेतनासहित ब्रेल सामग्री वितरण
शिक्षक तथा विद्यार्थीलाई निःशुल्क सिम
फोटो बेचेर आम्दानी गर्न सकिने
१० वर्षपछि पेट्रोल कारको बिक्री बन्द गर्ने योजना
hero news full width
मुख्य समाचार
संसद विघटनविरुद्ध कांग्रेस झनै सशक्त
नेकपाका अध्यक्षद्वयलाई निर्वाचन आयोगले भन्याे : एकता महाधिवेशनअघि कसैले कसैलाई हटाउन सक्दैन
माघ १३, २०७७काेराेनाविरुद्धकाे खाेपका लागि देशभर ६२ अस्पतालमा १ सय २० खोप केन्द्र
माघ १३, २०७७सिनेमा संवाद @ घान्द्रुक
माघ १३, २०७७सातै प्रदेशमा पुग्यो कोरोनाको खोप, पहिलो डोज भोलि
माघ १३, २०७७नरोऊ मायालु…
माघ १३, २०७७