म्याग्दीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

साधन राम्जाली
असाेज १९, २०७७
accident

म्याग्दी ,१९ असोज । म्याग्दीको मालिका गाउँपालिका–७, बिम खरिभिरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् ।

दरबाङबाट बिमतफै जाँदै गरेको घ १ च ५२६ नम्बरको ट्याक्टर देउराली नजिकै आइतबार राति ११ बजे दुर्घटना हुँदा रघुगंगा गाउँपालिका–३ का २३ वर्षीय आशीष खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिए ।

दुर्घटनापछि गम्भीर घाइते खत्रीलाई उपचारको लागि बेनी ल्याउने क्रममा बाटैमा मृत्यु भएको हो।

यस्तै, दुर्घटनामा पर्वतको जलजला गाउँपालिका–२ का ३० वर्षीय प्रवीण परियार गम्भीर घाइते भएका छन् । घाइते परियारलाई थप उपचारको लागि पोखरा पठाइएको छ ।

ट्याक्टर सडकदेखि करिब ५ सय सय मिटर तल खसेको प्रहरीले जनाएको छ । ट्याक्टरमा निर्माणाधीन भगवती आधारभूत विद्यालय, बिमको निर्माण सामग्री थिए।

Related News

सम्बन्धित समाचार

hero news full width