जनपत्रकार शहीद पहारीको स्मरण

आदर्श समाज सम्वाददाता
असाेज १९, २०७७
khagraj adhikari

पोखरा, १९ असाेज । नेकपा वडा कमिटी पोखरा–१० आयोजनामा जनपत्रकार शहीद महेश पहारीको १६ औं स्मृति दिवस मनाइएको छ । बुद्धचोकस्थित उनको घरमा आयोजित स्मृतिसभामा बोल्दै पार्टी प्रदेश कमिटी सहइञ्चार्ज खगराज अधिकारीले शहीद, घाइते तथा बेपत्ता योद्धाहरुको परिवारको व्यवस्थापनमा पार्टीभित्र छुट्टै विभाग आवश्यक रहेको बताए।

शहीदले देश र जनता केन्द्रित भएर गरेको बलिदानीबाट हालको उपलव्धि हासिल भएकाले जनयुद्ध, जनआन्दोलन तथा परिर्वतनका लागि भएका सङ्घर्षका शहीद, बेपत्ता तथा घाइतेका परिवारजनप्रति पार्टीले विशेष ध्यान दिएको उनले बताए ।

पार्टीका प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डेले उत्पीडित जनताको पक्षमा शहीद पहारीले निरन्तर कलम चलाएको स्मरण गर्दै शहीदका परिवारलाई सुविधा, सन्ततीलाई शिक्षा दिक्षा लगायतमा जनप्रतिनिधिले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

स्मृति सभामा नेकपाका केन्द्रीय सदस्य एवं कास्की इञ्चार्ज राजकाजी गुरुङ, गण्डकी प्रदेश अर्थ तथा विकास समिति सभापति दीपक कोइराला, नेकपाका सचेतक गायत्री गुरुङ, प्रदेशसभा सदस्य रामजी बराल, संविधानसभा सदस्य तेजकुमारी पौडेल, पार्टी जिल्ला सचिव बखानसिंह गुरुङ, महानगर कमिटीका सचिव विश्वप्रकाश लामिछाने, राष्ट्रिय युवा संघका नेता सुमन देवकोटा, प्रेस संगठनका जिल्ला सहसंयोेजक सन्देश श्रेष्ठ लगायतले शहीद पहारीको तस्वीरमा माल्यार्पण गर्नुका साथै परिवारजनसँग भेट गरेका थिए ।

वडा कमिटी १० का अध्यक्ष सूर्य बानियाँको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सीता तिमिल्सनाले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width