मार्सी धान भित्र्याउँदै

रासस
असाेज १८, २०७७
BR_Khalanga-142416

खलङ्गा, १८ असोज । जुम्लाका किसानलाई कालीमार्सी धान काट्न चटारो भएको छ । यहाँका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा सो जातको धान उत्पादन हुन्छ । धान पाक्न थालेपछि किसानलाई कोरोना कहरमै धान काट्न भ्याइ नभ्याइ भएको किसान लक्ष्मी कुमाइले बताए ।

यहाँका किसानले लगाएकोे प्राय : सबै खेतको धान यो याममा पाकेर खेतमा झुल्न थालेको किसान बताउँछन् । किसानहरुले गत वर्षभन्दा यसवर्ष धान उत्पादनमा कमी आउने जनाएका छन् । यतिखेर पाक्न थालेको मार्सी धान असोजमै काट्ने थालेको चन्दननाथ नगरपालिकाका रमानन्द आर्यालले जानकारी दिए ।

जिल्लामा दुई हजार ८०० हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाकाले बताए । सीमित मात्रामा उत्पादन हुने स्थानीय जातको धानको नाम हो कालीमार्सी । यसको स्वाद, रोग र किराको प्रतिरोध गर्न सक्ने गुण र पोषक तत्वका कारण जुम्ली मार्सी धानको महत्व अन्तर्राष्ट्रिय जगतसम्म नै पुगेको छ । राणा शासनको समयमा केन्द्रमा रहेका शासकका लागि यही मार्सी धानको चामल हुलाकबाट काठमाडौँसम्म पुर्‍याउने गरेको यहाँका ज्येष्ठ नागरिकहरु बताउँछन् ।

करिब ७०० वर्षअघि जुम्लीहरुका इष्ट देवता चन्दननाथले भारतको कास्मिरबाट मार्सी धानको बीउ ल्याएको विश्वास गरिन्छ । यसको सक्कली बीउ अनुसन्धानका लागि कृषि अनुसन्धान केन्द्रमा राखिए पनि अन्यत्र हराइसकेको छ । मार्सी विश्वको अग्लो स्थानमा फल्ने धानको रूपमा लिइन्छ । कृषि विज्ञहरुका अनुसार चिसो हावापानीमा उत्पादन हुने खाद्यान्न र फलफूल निकै स्वादिलो हुन्छन् । त्यसैले जुम्लालगायत हिमालको तल्लो भेग र उच्च पहाडमा फल्ने मार्सी धानको भात निकै मिठो र स्वादिलो हुन्छ । यसको चामलको भात खाँदा धेरै बेरसम्म भोक लाग्दैन । स्वादिलो, आडिलो र स्वस्थकर हुन्छ । मार्सी धानको चामल खैरो रङ्गको हुन्छ ।

खैरो देखिने भएकाले कसैकसैले यसलाई रातो चामल पनि भन्छन् । उच्च रक्तचाप, मधुमेहलगायतका बिरामीलाई यो चामलको भातले निकै फाइदा हुने भएकाले शहरमा यसको माग पनि बढी नै हुने गरेको छ । यहाँका किसान बताउँछन् । यो चामलको माग शहरबाट बर्सेनि बढेर आएको छ ।

Related News

सम्बन्धित समाचार

    • हुन्डाइ का नयाँ गाडी नेपाली बजारमा

      Avatar आदर्श समाज सम्वाददाता फागुन २४, २०७७
      पोखरा । हुन्डाइ गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले बहुप्रतिक्षित गाडी हुन्डाइ भेन्यु आइएमटी र हुन्डाइ भेन्यु १।२ एस…
    • मुद्रण उद्योग संघ कास्कीमा किरण

      Avatar आदर्श समाज सम्वाददाता फागुन २३, २०७७
      पोखरा । मुद्रण उद्योग संघ कास्कीको ११ औं साधारणसभा तथा चौथो अधिवेशनले अध्यक्षमा गिरबहादुर श्रेष्ठ (किरण) लाई चयन गरेको छ…
    • पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

      Avatar आदर्श समाज सम्वाददाता फागुन २३, २०७७
      पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले चिनियाँ पर्यटक भिœयाउन भाषाको भूमिका महत्वपूर्ण हुने बताएका छन्…
    • कोप्स कास्कीमा धर्मराज

      Avatar आदर्श समाज सम्वाददाता फागुन २३, २०७७
      पोखरा  । कोअपरेटिभ प्रेसिडेन्ट सोसाइटी (कोप्स) को प्रथम कास्की जिल्ला सम्मेलन तथा अधिवेशनले धर्मराज अर्यालको अध्यक्षतामा १५ सदस्यीय कोप्स कास्की जिल्ला…
    • पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’

      Avatar आदर्श समाज सम्वाददाता फागुन २२, २०७७
      पोखरा । आर्थिक वर्ष लाग्ने वित्तिकै खर्च व्यवस्थापन होस भनेर जेठ १५ गते संघ सरकारको बजेट ल्याउने दिन भनेर संविधानमै किटियो…

    hero news full width

    sanil ads

    wordlink ads