कान काटेर गहना लुटपाट

रामकुमार श्रेष्ठ
असाेज १८, २०७७
Lutera

नवलपरासी, १८ असोज । पूर्वी नवलपरासीको कावासोतीमा आइतबार विहान एक जना महिलाको कान काटेर सुनका गहना लुटिएको छ ।

कावासोती १३ बुढौली कुनाबाट कावासोती थाना चोक आउने क्रममा बुढौली कुनाबाट ५ सय मिटर उत्तरतर्फ जंगलको बीच बाटोमा नै कावासोती १३ बुढौली कुना निवासी ४६ वर्षीया महिला तुलसी पौडेललाई दुई जना लुटेराले लुटेको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक नविन थापाले घटनाको पुष्टि गर्दै लुटेराको जंगलदेखि सडक सबैतर्फ खोजी भएको बताए ।

पीडित महिलाका श्रीमान् दण्दपानी पौडेलले लुटेराले कान काटेर कानका दुई वटा रिङ्ग लुटेर लगेको र सानो रिङ्ग भने जोगिएको बताए । महिला लुटेरासँग लडेर घरतर्फ भागेर ज्यान जोगाउन सफल भएकी थिइन् । उनको दुई वटा कान काटिएको छ भने टाउको समेत चोट लागेको छ ।

पीडित महिलाको अहिले कावासोतीको नवलपुर अस्पतालमा उपचार भईरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width