राँझा, १८ असोज । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक सुत्केरीको कोरोना सङ्क्रमणबाट आज बिहान मृत्यु भएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ निवासी २९ वर्षीया सुत्केरीको आज बिहान साढे ४ बजे उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार सेती अस्पताल धनगढीमा जुम्ल्याहा सन्तान जन्मिएपछि उच्च रक्तश्राव भएका कारण पाठेघरको शल्यक्रिया गर्नाका साथै आठ पिन्ट रगत र चार पिन्ट प्लेटलेट दिँदा पनि स्वास्थ्यमा सुधार नआएपछि शिक्षण अस्पताल कोहलपुरमा प्रेषण गरिएको थियो ।
सेती अस्पतालको प्रयोगशालामै यही असोज १४ गते गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएकोे प्रेषणपत्रमा उल्लेख छ । यही असोज १५ गते अपराह्न ४ बजे शिक्षण अस्पतालमा भर्ना हुँदा महिलाको अवस्था जटिल र बेहोस रहेको स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको समन्वयमा मृतकको शव व्यवस्थापनको तयारी भइरहेको छ । योसँगै बाँकेका अस्पतालमा बाहिरी जिल्लाबाट आएर उपचारका क्रममा कोरोनाबाट मृत्यु हुनेको संख्या नौ पुगेको छ । बाँकेका मात्रै २० जनाको कोेरोना सङ्क्रमणका कारण मृत्यु भइसकेकोे छ ।
Related News
सम्बन्धित समाचार
टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर
कोरोनाको नयाँ भेरियन्ट : संक्रामक तर घातक कम
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
hero news full width
मुख्य समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
माघ १०, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१