७० युनिट रगत संकलन

Avatar आदर्श समाज सम्वाददाता
असाेज १८, २०७७

हेमजा । संस्कृत युवा मञ्च नेपालद्वारा आयोजित रक्तदान कार्यक्रममा कुल ७० युनिट रगत संकलन भएको छ ।

पहिलो रक्तदाता मञ्च सल्लाहकार पं. गिरीधर आचार्यलाई प्रमुख अतिथि केदारेश्वरका पिठाधीश डा. लेखनाथ आचार्यले ब्लडव्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि आचार्य, पोखरा ९ का वडाध्यक्ष रामराज लामिछाने, रक्तदान अभियन्ता एवम् रेडियो सराङ्कोटका कार्यकारी निर्देशक कृष्ण थापाले रक्तदानको महत्वमाथि प्रकाश पारेका थिए ।

मञ्च अध्यक्ष हरिशरण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष रामुप्रसाद सिग्देल, सचिव विश्वराज सापकोटा लगायतले पनि बोलेका थिए।

त्यस अवसरमा मञ्चले कोरोना महामारी अन्त्यको कामना गर्दै शान्तिपाठ र दीप प्रज्ज्वलन समेत गरेको थियो।