नेकपा परित्याग गरी काँग्रेसमा

Avatar आदर्श समाज सम्वाददाता
असाेज १८, २०७७

हेमजा । माछापुच्छे« गाउँपालिका–६, धितालमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) परित्याग गरी १९ जना नेपाली काँग्रेस प्रवेश गरेका छन् ।

धिताल २ का पूर्व वडाध्यक्ष मीनबहादुर नेपाली लगायत जीवन बस्याल, कृष्ण नेपाली समेत गरी १९ जना नेता कार्यकर्ता काँग्रेस प्रवेश गरेका हुन्।

एक समारोहबीच उनीहरुलाई काँग्रेस क्षेत्रीय सहसचिव राजाराम पौडेलले अबिर तथा क्षेत्रीय सदस्य छविरमण पौडेलले पार्टी सदस्यता प्रदान गरी स्वागत गरेका थिए ।

कार्यक्रमपछि कृष्ण नेपालीको अध्यक्षतामा ११ सदस्यीय टोल कार्यसमिति पनि गठन गरिएको छ ।

कार्यक्रममा इकाइ सचिव एकनारायण अधिकारी, युवा नेता नन्दलाल अधिकारी, जीवन बस्याल लगाएतले सम्बोधन गरेका थिए ।

कार्यक्रम दलित संघका क्षेत्रीय सभापति उदय नेपालीले संचालन गरेका थिए ।