फाइल फोटो ।
पोखरा, १८ असोज । गण्डकी प्रदेशमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नवलपुरको विनयत्रिवेणी–२, दुम्कीवासका ३६ वर्षीय पुरुषको शनिबार मृत्यु भएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार यो सहित प्रदेशका कोरोना संक्रमितमध्ये मृत्यु हुनेको कुल संख्या ३४ पुगेको छ ।
असोज १३ मा कोरोना पुष्टि भएपछि उनी असोज १७ गते भरतपुर अस्पतालको आईसीयूमा भर्ना भएका थिए । उनमा श्वासप्रश्वास तथा कलेजोमा समस्या देखिएकोमा उपचारक्रममा मृत्यु भएको हो । नवलपुरमा मात्रै कोरोना संक्रमणका कारण ज्यान गुमाउने ७ जना पुगेका छन् ।
यसैबीच, गण्डकी प्रदेशमा आइतबारमात्र ४३ जना (१ मृत्यु समेत) कोरोना संक्रमित थपिएका छन् । यो सहित कुल संक्रमित संख्या ४ हजार ५९ पुगेको छ ।
तीमध्ये क्षयरोग उपचार केन्द्र पोखरामा भएको परीक्षणमा तनहुँ शुक्लागण्डकीमा कार्यरत ५ जना (चिकित्सक, अनमी, लेखा र प्रशासनमा कार्यरत कर्मचारी, सुरक्षाकर्मीसमेत), लमजुङ सुन्दरबजारका ३, राइनासका १ र दोर्दीका १ गरी ५ जना छन् ।
उता, चितवन मेडिकल कलेजमा भएको परीक्षणमा नवलपुरका मात्रै २६ जना संक्रमित थपिएका छन् । उनीहरु देवचुली, गैँडाकोट, विनयत्रिवेणी, कावासोतीका हुन् ।
यस्तै, तनहुँको व्यासका २ र देवघाटका २ जना छन् । गोरखाको पालुङटारका १, स्याङ्जा कालीगण्डकीका १ र बागलुङ काठेखोलाका १ जना संक्रमित भएका हुन् ।
Related News
सम्बन्धित समाचार
ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
स्कुल टिकाउन विद्यार्थी वन्धक !
नेपालकै ठूलो धनराशिको फुटसल
नाइकेको विषयमा कारागार भित्रै झडप
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
hero news full width
मुख्य समाचार
आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७दमाैलीमा माेटरसाइकल दुर्घटना, २२ वर्षे युवाकाे मृत्यु
फागुन १६, २०७७प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
फागुन १६, २०७७देश्ना स्मृति कप भेट्रान्सको उपाधि ब्रदरवुडलाई
फागुन १६, २०७७टाइगर कपबाट १९ लाख बचत
फागुन १५, २०७७